coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : एनआरटीमाथि च्यासलको फराकिलो जित

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले न्यूरोड टिम एनआरटीमाथि ५–१ को फराकिलो जित निकालेको छ। तेस्रो चरणको खेल चलिरहँदा च्यासलको यो पहिलो जित हो।

ललितपुरको एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा च्यासललाई फराकिलो जित दिलाउन अमिर श्रेष्ठ र विमल घर्तिमगरले २–२ तथा सन्तोष साहुखलले एक गोल गरे। खेलको १४ औ मिनेटमा सन्जोक राईको पासमा अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। अमिरले नै २९ औं दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोल गरेको च्यासलले दोस्रो हाफमा थप ३ गोल गर्दा १ गोल खायो। ५६ औ मिनेटमा हेडमार्फत विमलले च्यासलका लागि तेस्रो गोल गरे। जारी लिगमा विमलले तेस्रो खेलमा आएर गोल गरेक हुन् । ६३ औं मिनेटमा च्यासलका लागि सन्तोष साहुखलले अर्को गोल थपे। त्यस्तै ८६ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरेपछि च्यासल ५–० को अवस्थामा पुग्यो।

एनआरटीका लागि इन्जुरी समयमा विदेशी खेलाडी मोसुद अब्बोलाले एक गोल फर्काए। जितपछि च्यासलले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा बराबरी खेलेको च्यासलले दोस्रो खेलमा भने हार ब्यहोरेको थियो। पराजित एनआरटीको भने १ अंकमात्र छ। २ गाेल गरेका विमल खेलकाे म्यान अफ दि म्याच घाेषित भए।

प्रकाशित: ६ मंसिर २०७५ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App