coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बर्दिया र आर्मीको विजयी सुरुआत

बर्दियाका खेलाडी ब्याटिङ गर्दै। तस्बिर : चुमन/नागरिक

मोरङ – विराटनगरमा भएको ‘प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा बर्दिया र आर्मी विजयी भएका छन्। पूर्व क्षेत्रमा पहिलो पटक दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता भएको हो।

विराटनगरको सहिद रंगशालामा भएको पहिलो खेलमा बर्दियाले झापालाई ५ विकेटले पराजित गर्यो। बर्दियाले टस जितेर झापालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो। 

पहिलो ब्याटिङ थालेको झापाले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो। जसमा अभिषेक विकले २८ रन र दीपेश गुरागाईंले १६ रनको योगदान दिए। बलिङतर्फ बर्दियाका लिल चौधरीले ५ विकेट तथा प्रसाद पौडेल र अरविन क्षत्रीले समान १÷१ विकेट लिएका थिए।

१ सय २ रनको विजयलक्ष्य पछ्याएको बर्दियाले १२ ओभर खेल्दै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो। जसमा अरविन क्षत्रीले ३८ रन र म्यान अफ दी म्याच लिल चौधरीले २० रन बनाए। बलिङतर्फ झापाका प्रतीक दर्जी र रमेश शाहले समान २–२ विकेट लिए। 

त्यसै गरी, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले म्याग्दीलाई ४५ रनले पराजित गर्यो। म्याग्दीले टस जिती आर्मीलाई ब्याटिङको मौका दिएको थियो।

आर्मीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। जसमा भरत थापाले ७० र बद्री चौलागाईंले ५४ रन बनाए। बलिङतर्फ म्याग्दीका सुनील राना र विशाल विकले समान २–२ विकेट लिए।

१ सय ८१ रनको लक्ष्य पूरा गर्न मैदानमा आएको म्याग्दी १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३५ रनमा समेटियो। जसमा सुनील रानाले ५७ रन र शेजंग गुरुङले १६ रन बनाए। बलिङतर्फ आर्मीका म्यान अफ दी म्याच भरत थापाले ३ विकेट लिए भने बद्री चौगालाईं र सन्त पहरीले समान २–२ विकेट लिए।

नेत्रहीन क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए। प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँका साथ शिल्ड प्राप्त गर्ने संघका अध्यक्ष पवन घिमिरेले बताए।  प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल झापा र आर्मी तथा दोस्रो खेल म्याग्दी र बर्दियाबीच हुनेछन्।

प्रकाशित: ६ मंसिर २०७५ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App