७ वैशाख २०८१ शुक्रबार
शिक्षा

सामाजिक अध्ययनका लागि नेपाल उपयुक्त थलाे

आफ्नो अनुभव सुनाउँदै अस्ट्रेलियाली विद्यार्थी। तस्बिर : नागरिक

काठमाडौं - विदेशी विद्यार्थीलाई नेपाल सामाजिक कार्य अध्ययनका लागि आकर्षक गन्तव्य बनेको छ। पछिल्लो समयमा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्थलगत अध्ययनका लागि नेपाल आउन थालेका छन्।

अस्टे«लियाको ग्रिफिट विश्विद्यालयका विद्यार्थीहरु २१ दिनको शैक्षिक भ्रमणका लागि नेपाल आए। उनीहरुले सामाजिक रहनसहन, संस्कृति तथा यहाँको विविधताको बारेमा अध्ययन गरे। उनीहरुले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययनका क्रममा काठमाडौं महानगरपालिका, नेपालका मानव अधिकार संगठनहरु, ब्लु डायमण्ड सोसाइटी, नमुना बस्ति धादिङ, पौरखी नेपाललगायतका संस्थामा अध्ययन अनुसन्धान तथा स्थलगत अध्ययन गरेका छन्। सो क्रममा उनीहरुले विविध कारणले समाजमा उत्पन्न हुने समस्याहरुको पहिचान गरी त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा अनुभवजन्य अध्ययन गरेका छन्।

हाल नेपालमा पनि सामाजिक कार्य विषयको अध्ययन बढ्दै गएको छ। नेपालमा अन्य विश्वविद्यालयबाट पनि विद्यार्थीहरु सामाजिक कार्यको स्थलगत अध्ययनका लागि नेपाल आउने गरेका छन्। काठमाडौंमा सामाजिक कार्यमा स्नातक कादम्बरी कलेज र सेन्टजेभियर कलेजमा मात्रै पढाइ हुने गरेको छ। ग्रिफिट विश्विद्यालयका विद्यार्थीहरु पनि कादम्बरीको सहकार्यमा नेपाल आएका हुन्। ‘यहाँको हावापानी, रहनसहन र सांस्कृतिक विविधता कारण विदेशी विद्यार्थीहरु नेपालप्रति आकर्षित भएका हुन्,’ कादम्बरी कलेजकी प्रदिप्ता कादम्बरीले बताइन्। उनका अनुसार स्थलगत अध्ययनका लागि काठमाडौं महानगरपालिका, ब्लु डायमण्ड सोसाइटी, पौरखी नेपाल आदी संघसंस्थासँग सहकार्य गरिएको छ।

सामाजिक कार्य विषयका स्नातकले समुदायमा विद्यमान समस्यालाई निराकरण गर्न महत्वपूर्ण योगदान दिनसक्ने बताउँदै विषय विज्ञ गणेशप्रसाद घिमिरेले विदेशी विद्यार्थी नेपालमा सामाजिक कार्यमा आकर्षित भएसँगै पर्यटन क्षेत्रमा समेत ट्ेवा पुग्ने बताए।

सामाजिक कार्य विषयको स्नातक विद्यार्थीलाई नेपाल आकर्षक र उपयुÏ गन्तव्य भएको ग्रिफिटका प्राध्यापक डा. स्टिेफन लमारले बताए। ‘दुईदुई वर्षमा स्थलगत अध्ययनका लागि हाम्रा विद्यार्थी नेपालमा आउने गरेका छन्,’ लमारले भने।

नेपालमा सानो भूगोलमा अटाएको विभिन्न संस्कृति र रहनसहन तथा समाजिक सद्भावले सैद्धान्तिक बुझाइलाई धेरै फराकिलो पारेको एक विद्यार्थी सेखाइना रोल्यान्डले बताइन्। ‘नेपाल प्राकृतिक दृष्टिले मात्र हैन सामाजिक दृष्टिले पनि एउटा अद्वितिय ठाउँ रहेछ,’ उनले भनिन्।

विदेशी विश्वविद्यालयको तुलानमा नेपालमा सामाजिक कार्य विषयका कोर्स निकै फरक र महत्वपूर्ण भए तापनि यो विषयको महत्व स्थापित हुन नसकेको कादम्बरी कलेजमा अध्ययनरत सिम्रन कुवँरले बताइन्। सरकारले सामाजिक कार्यका स्नातकलाई छुट्टै प्रमाणपत्रको व्यवस्था गरी सामाजिक कार्यमा लगाउनुपर्ने उनले बताइन्।

प्रकाशित: ६ मंसिर २०७५ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App