६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपामा प्रदेश सदस्यमा कसलाई कति

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुकोे टुंगो आन्तरिक विवादले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्व कार्यदलले प्रदेश सदस्यहरूको जिम्मेवारी टुंगो लगाएको हो। बिहीबार बस्ने सचिवालय बैठकमा कार्यदलले तयार गरेको प्रस्तावमाथि छलफल हुनेछ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश सदस्यको चयन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटका लागि गठन भएको कार्यदलले प्रदेश सदस्यहरुको नाम टुंगो लगाइसकेको जानकारी दिए। ‘कार्यदलले केन्द्रीय सदस्यहरुको जिम्मेवारी भने अझै टुंगो लगाइसकेको छैन,’ श्रेष्ठले भने, ‘कार्यदलले तयार पारेको प्रस्ताव सचिवालय बैठकमा पेस हुन्छ।’

नेकपाले प्रदेश सदस्यको चयन गर्दा पुरानो कार्यदलले तयार पारेको प्रस्तावलाई आधार मानेको नेकपाले जनाएको छ। प्रदेश सदस्य चयन गर्दा पूर्व एमालेका तर्फबाट पूर्व प्रदेश सदस्य, अञ्चल र केन्द्रीय विभाग तथा केन्द्रीय निकायमा रहेका र वरिष्ठताका आधारमा प्रदेश सदस्य चयन गरिएको छ भने पूर्व माओवादी केन्द्रका तर्फबाट महाधिवेशन आयोजक कमिटी र वरिष्ठताका आधारमा सदस्य चयन गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए।

नेकपाले प्रदेश १ बाट पूर्व एमालेका तर्फबाट १ सय २२ र माओवादी केन्द्रका तर्फबाट ८५ जना गरी गरी २ सय ७ जना प्रदेश सदस्यको नाम सिफारिस गरेको छ। त्यस्तै प्रदेश २ बाट पूर्व एमाले र माओवादी केन्द्रबाट क्रमस १/१ सय गरी २ सय प्रदेश सदस्यको नाम कार्यदललाई बुझाइएको छ। प्रदेश २ का लागि २ सय १५ जना सदस्यको मापदण्ड तोकिएकोमा १५ जना सदस्यको नाम अझै टुंगो लाग्न नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए।

प्रदेश ३ मा पूर्व एमालेका तर्फबाट एक सय १६ र माओवादी केन्द्रका तर्फबाट एक सय एक प्रदेश सदस्य गरी कुल १ सय १७ प्रदेश सदस्यको नाम सिफारिस गरेर कार्यदललाई बुझाइएको छ। प्रदेश ३ मा अधिकांश पुरानै कार्यादलले चयन गरेका नाम पठाइएको जनाइएको छ।

प्रदेश ४ मा पूर्व एमाले र माओवादी केन्द्रका तर्फबाट गरी संयुक्तरूपमा १ सय ८७ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश ५ मा कुल २ सय ३ सदस्य रिफारिस गरिएकोमा पूर्व एमालेको भागमा ५५ प्रतिशत र पूर्व माओवादी केन्द्रका भागमा ४५ प्रतिशत सदस्य रहेका छन्।

प्रदेश ६ मा पूर्व एमालेका तर्फबाट ८७ जना र पूर्व माओवादीका तर्फबाट ८८ गरी १ सय ७५ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश ७ बाट १ सय ८३ प्रदेश सदस्यको सिफारिस गरिएकोमा पूर्व एमालेका तर्फबाट १ सय र पूर्व माओवादीका तर्फबाट ८३ जनाको नाम प्रदेश सदस्यमा रिफारिस गरिएको छ।

प्रकाशित: ६ मंसिर २०७५ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App