coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फाेरम उपाध्यक्ष यादवद्वारा पदबाट राजीनामा

काठमाडाैं - संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिएकी छिन्। यादवले पार्टीकाे सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी हुन्। पार्टीकाे केन्द्रीय समिति बैठकले प्रदेश २ काे संयाेजक तथा इन्चार्जबाट राजीनामा दिएकी हुन्। मंसीर २ गतेदेखि काठमाडाैंमा जारी फाेरमकाे केन्द्रीय समिति बैठकमा यादवलार्इ पदबाट हटाउनुपर्नेबारे पार्टी महासचिव रामसहाय यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रस्ताव ल्याएका थिए। यादवलाई हटाएर कोषाध्यक्ष विजय यादवलाई प्रदेश इन्चार्ज बनाउनु पर्ने उनीहरुको माग छ।

पार्टीको निर्णय विपरीत यादवले गत असोज ३ गते संविधानविरुद्ध कालो दिवस मनाउने समूहको नेतृत्व गरेको भन्दै  बैठकले उनलार्इ प्रदेश ईन्चार्जबाट हटाउन खाेजेकाे थियाे।

प्रकाशित: ५ मंसिर २०७५ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App