coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व लडाकूद्वारा गृहमन्त्रीकै अघि विष सेवन

काठमाडाैं - माओवादीका पूर्व लडाकूले गृहमन्त्री रामबहादुर थापाकै अघि विष सेवन गरेका छन्। थापालाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकू दुर्गाप्रसाद भट्टराईले गृहमन्त्रीकै अघि किटाणु मार्ने विष सेवन गरेका हुन्।

आफूहरुमाथि अन्याय भएको भन्दै उनले गृहमन्त्रीसँगको कुराकानीकै क्रममा विष सेवन गरेका हुन्। विष सेवन गरेका उनलाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको अवस्था सामान्य रहेको अस्पताल स्राेतले बताएको छ।

प्रकाशित: ५ मंसिर २०७५ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App