४ वैशाख २०८१ मंगलबार
खेल

टी–१० लिगमा सन्दीपकाे टाेली केरला पहिलाे खेल खेल्दै

युएर्इ - युएर्इमा बुधबारदेखि सुरु हुने टी–१० लिग क्रिकेटमा सन्दीप लामिछाने सहभागी केरला किंग्सले पहिलो खेल खेल्दैछ। केरलाले नेपाली समय अनुसार सवा १० बजे हुने खेलमा पख्तुनसँग प्रतिष्पर्धा गर्न लागेको हो।

क्रिकेटको सबैभन्दा सानो रुप टी–१० मा कुल ८ टोलीको सहभागिता रहेको छ। बुधबार हुने पहिलो खेलमा भने सिन्धिस र राजपुतबीच खेल हुँदैछ। केरलाको कप्तानमा इङ्ग्ल्याण्डका इयान मोर्गन रहेका छन् भने अन्य खेलाडीमा क्रिस गेल, उपुल थरङ्गा, केयरन पोलार्ड, मोहम्मद नाविद, टम कुरान लगायत रहेका छन्। केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलरमा टोलीमा अनुबन्ध गराएको थियो।

 

प्रकाशित: ५ मंसिर २०७५ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App