८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेसिया र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

तस्बिर : एजेन्सी

 मलेसिया - मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन्। दुई प्रधानमन्त्रीबीच भ्रष्टाचार र आतङ्कवादविरुद्धको विषयमा छलफल भएको बताइएकाे छ। दुई प्रधानमन्त्रीबीच भएको छलफलबारे पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बताइएको छ। 

‘हाम्रो लामो समयको समबन्ध रहेको छ, हाम्रो समस्या पनि उस्तै रहेको र यसको समाधानको लागि हाम्रो वार्ता जारी रहने छ', मलेसियाली प्रधानमन्त्री महाथिरले भने, 'हाम्रीले विदेश लगानी, निजीकरण, आतङ्कवाद र खाद्यपदार्थको विषयमा समेत छलफल गरेका छाै।’

गत अगस्तमा पाकिस्तानको प्रधानमन्त्री बनेका खानको सो पद सम्हालेयता मलेसियाको यो पहिलो भ्रमण हो। भ्रष्टाचारविरुद्धको लडाईमा मलेसियाको प्रयासलाई आफूले पनि सिक्ने चाहाना भएको खानले बताएका छन्।पाकिस्तानमा पर्यटन क्षेत्रको विकाश गर्न मलेसियासँग सहयोग लिने खानले बताए। पाकिस्तानसँग पर्यटन क्षेत्रहरु प्रशस्त रहेको तर पर्यटन स्थलको राम्रो विकाश नभएको खानले बताए। 

प्रकाशित: ५ मंसिर २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App