७ वैशाख २०८१ शुक्रबार
समाज

१२ किलो चरेशसहित दुई पक्राउ

कोहलपुर- १२ किलो चरेशसहित कोहलपुरमा दुई युवक पक्राउ परेका छन्। उनीहरुको साथबाट २२ पोका चरेश पक्राउ परेको हो। क्षेत्रीय प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरले चरेशसहित हुम्ला सिमीकोट-९ का नन्द सुनार र बाजुरा गोत्री- ८ का दिपक भण्डारीलाई पक्राउ गरेको हो।

शुक्रबार दिउँसो २ बजे कोहलपुर बसपार्कस्थित पोखरा गेष्ट हाउँसबाट उनीहरु पक्राउ परे। हुम्लाबाट ल्याएको ठूलो परिमाणसहितको चरेश बरामद गरिएको कोहलपुरमा पहिलो पटक हो। उनीहरुको साथबाट चरेश बनाउने मेसिन समेत नियन्त्रणमा लिएको डिएसपी सुरेशप्रसाद काफ्लेले बताए।

सुनार र भण्डारी चरेशको मुख्य कारोबारी भएको उनले बताए। प्रहरीले दुई युवकसहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको महिला युवकहरूसँगै होटलमा भेटिएकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो।

प्रहरीका अनुसार उनीहरुले लामो समयदेखि हुम्लाबाट उत्पादन र खरिद गर्दै कोहलपुरमा मेसिनबाट गाजा बनाएर भारततर्फ बिक्री गर्दै आएको हुनसक्छ। अनुसन्धानबाट थप रहस्य खुल्ने प्रहरीले जनायो।

यसैबीच बिहीबार ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ। कोहलपुर-३ पिपलचौताराबाट ब्राउनसुगर बनाउँदै गरेको अवस्थामा चितन थारु र नारायण श्रेष्ठ पक्राउ परेका हुन्। विशेष सुराकीका आधारमा प्रहरी निरीक्षक नवराज पोखरेललको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: १० असार २०७३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App