४ वैशाख २०८१ मंगलबार
समाज

अझै नअाउने भए महानगरका ब्रुमर

फाइल तस्बिर

काठमाडौँ– मंसिरको पहिलोसाताबाट राजधानी काठमाडौ सडकमा थप पाँच  ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ। 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको थियो तर केही प्रक्रिया बाँकी रहेको भन्दै फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ । 

इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महीना लाग्ने भएको कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । कामपाले १२ करोड रुपैयाँ बराबरको पाँच वटा ब्रुमर यन्त्र ल्याउने तयारी गरेको हो । 

हाल कामपाले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको जनाएको छ । महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धूलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ। महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको जनाएको छ । 

प्रकाशित: ५ मंसिर २०७५ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App