गगन थापाले भेटे निर्मलाका आमाबुवालाई

बुधबार, ०५ मङि्सर २०७५, १२ : ५९ नागरिक

भीमदत्तनगर– नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।

बुधवार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे। फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको दाबी गरे।

कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्’, उनले भने, ‘तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पु-याउँछु।’

उनले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल काङ्ग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad