८ वैशाख २०८१ शनिबार
विचार

दलित जनप्रतिनिधिमाथि आक्रमणका कारण

घटना एक, सर्लाहीको कविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायकी कक्षा ११ मा अध्ययनरत छोरी पुनितकुमारी राय गत कात्तिक २८ गते घरबाट भागेर गइन् । रायहरूले सोही गाउँका बेचन रामको छोरा सन्तोष राममाथि आफ्नी छोरीलाई भगाएको आरोप लगाउँदै भौतिक आक्रमणमा उत्रियो ।

शंकाकै भरमा भौतिक आक्रमण हुन थालेपछि राम परिवारले गत शुक्रबार दिउँसो उक्त घटनाबारे गाउँमा पञ्चायती बसेको थियो । कामले मलगवा जाँदै गरेका राष्ट्रियसभाका सांसद रामप्रित पासवानलाई दलित समुदायले एकछिन पञ्चायतीमा बसिदिन आग्रह गरेपछि उनी पञ्चायतीमा बसेका थिए ।

पञ्चायतीमा छलफल भएपछि ५ जना भलादमीहरूलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । केटी भगाएको कुनै ठोस प्रमाण नभएको, केटा पक्षले पनि घटनामा संलग्नता नरहेको बयान दिएको अधारमा केटामाथि दबाब सिर्जना गर्ने उद्देश्यले यदि केटी भगाइएको रहेछ वा कहाँ छ भनेर थाह भए केटा पक्ष (राम) ले दुई दिनभित्र उपस्थित गर्नुपर्ने निर्णय पञ्चहरूले सुनाएका थिए । तर केटी पक्षका फेकन रायले उक्त निर्णय आपूmलाई मान्य नभएको भन्दै २ दिनभित्र राम परिवारले भागेकी केटी उपस्थित नगराएको खण्डमा सन्तोष रामको अविवाहित बहिनीलाई सार्वजनिक रूपमा  बलात्कार गर्नुपर्ने निर्णय गर्न दबाब दिए ।

सामान्य नागरिकको त कुरै छाडौँ, आफ्नो सांसदलाई समेत सुरक्षित महसुस गराउन र दोषीलाई कारबाही गर्न सक्दैन भने त्यस्तो  सरकारले ल्याउने समृद्धि कस्तो हुन्छ ? सार्वजनिक रूपमा बलात्कार गर्न पाउनुपर्ने माग गर्ने देशमा समृद्धि, विकास र सामाजिक न्यायको भाषणले के हुन्छ ?

पञ्चायतीमा यस्तो अभद्र कुरा गरेपछि सांसद पासवानले त्यस्तो गलत कुरा किन गर्नुहुन्छ भन्दै प्रश्न गरेपछि केटी पक्षकाले  एक्कासि आक्रमण गरे । केटी पक्षका वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत ७ जनाले जातीय रूपमा गाली गलौज गर्नुका साथै एक्कासि कुटपिट गरेको थियो । केटी पक्षका व्यक्तिहरू हेलमेट र धारिलो घरेलु हतियारसहित दलित नेता भएको भन्दै सांसद पासवानलाई जातीयताका अधारमा गाली गलौजसहित सांघातिक आक्रमण ग¥यो । गाउँका केही दलितहरूले बडो मुश्किलले सांसदको ज्यान जोगाएका थिए ।

घटना बाहिरिएपछि प्रहरीले एकजनालाई पक्राउ पनि ग-यो तर भोलिपल्ट कुटपिट गर्ने व्यक्ति छुट्यो ।

घटना दुई, कालीको ट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ की दलित महिला सदस्य मना सार्कीको गत जे ठ १९ गते बे लुकी दलित भएकै कारण कुटपिट गरे र हत्या गरिएको थियो । धाराको पानी छो एको निहुँमा ढुंगा र पै युँको लट्ठीले टाउका मा निर्मम ढङ्गले हिर्काएर हत्या गरिएको थियो ।

घटना तीन, सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा गत असोज २३ गते विशेष नगरसभामा सहभागी भएर घर फर्किंदै गर्दा आक्रमणमा गरेका थिए । मेयरमाथि आक्रमण गर्ने समूहलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारीहरू चुपचाप बस्नुले दलितप्रति हुने अत्याचारमा प्रहरीको भूमिका प्रस्ट छ ।

उल्लिखित घटनाले स्थानीय तहदेखि संघीय सरकारका प्रतिनिधि नै कथित उच्च जातका सामान्य नागरिकबाट समेत ‘असुरक्षित’ रहेको पुष्टि हुन्छ । संघीय सरकारका प्रतिनिधि, स्थानीय सरकारका निर्वाचित प्रमुखलाई सुरक्षाकर्मीको उपस्तिथिमा ज्यान मार्ने प्रयास गरिन्छ तर दोषीलाई केही हुँदैन भने छाक टार्न जमिनदारको घरमा हरवा चरवाको अवस्था छ, अब के होला ? अनुमान लगाउन गाह्रो छैन । गत कात्तिक १५ र १६ गते सिरहाको कर्जन्हा नगरपालिकामा प्रदेश २ का करिब २ सय ५० जनाभन्दा बढी पालिकाका कार्यपालिका सदस्यहरू भेला भएका थिए । ती सबैको एउटै पीडा थियो, गैरदलित अझै पनि हामीलाई नेता मान्न तयार छैनन् ? संख्यात्मक रूपमा हाम्रो संख्या त बढ्यो तर निर्णय प्रक्रियामा हाम्रो सहभागिता छैन ।

राजनीतिक व्यवस्था फेरिए । राजा प्रजा भए । देशमा गणतन्त्र स्थापना भए तर दलितमाथि हुने जातीय उत्पीडन कम भएन । दलितमाथिको उत्पीडन अझ नयाँ नयाँ स्वरूपमा देखा पर्न थालेका छन् ।

जनप्रतिनिधिहरूमाथि भइरहेको शृंखलाबद्ध आक्रमणका घटनाले देशमा विभिन्न शासनहरू परिवर्तन हुँदै लोकतान्तिक गणतन्त्र, संघीय शासन आइसक्दा पनि देश तथा समाज अझै पनि जातीय छुवाछूत र विभेद जस्ता जघन्य मानवीय अपराधबाट मुक्त हुन नसकेको प्रस्ट भएको छ ।

सांसद रामप्रित पासवानले सामान्य व्यक्तिले गर्ने तर्क गरेका थिए कि केटी भगाएको आरोप लगाउने व्यक्ति त यही पञ्चायतीमा छ अनि कसरी भगायो ? केटी पक्षले कुनै ठोस प्रमाण पनि पेस गरेको थिएन तर शंकाकै भरमा आरोपीकी बहिनीलाई सार्वजनिक ठाउँमा सामूहिक बलात्कार गर्नुपर्ने निर्णय लिखित गर्नुपर्ने माग गरेको थियो । के यो माग जोकोही व्यक्तिलाई मन पर्न सक्छ ? यो माग न्यायसंगत थियो ?

यही सामान्य कुरा गर्दा सांसद जस्तो व्यक्तिमाथि सामान्य व्यक्तिले कसरी आक्रमण ग-यो त ? रामचरितमानस हिन्दूहरूमा सबैभन्दा स्वीकार्य धर्मग्रन्थ हो । त्यसमा लेखिएको छ– ‘पुजिये विप्रशील गुणहीना । शुद्र न गुण गन ज्ञान प्रवीणा ।’ (रामचरित मानसपृष्ठ –५७१) अर्थात् अज्ञानी ब्राह्मण पनि पूजनीय हो । तर, शुद्र जतिसुकै ज्ञानी वा गुणी हो, त्यसलाई सम्मान गर्नुहुँदैन, ऊ पूजनीय होइन ।

सूचना तथा प्रविधिमा थुप्रै विकास भए । तर अहिलेसम्म समाजका पढेलेखाहरूको समेत जातीय मानसिकता परिर्वतन हुन सकेको छैन । त्यसकै प्रतिफल हो, दलित जुनसुकै पदमा किन नपुगोस् उनीहरूलाई सम्मान गर्ने कुरा त छोडौँ, मान्छेका रूपमा स्वीकार गर्नसमेत समस्या छ ।

राजनीतिक दलहरूले छुवाछूत गर्ने पार्टी सदस्यलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने प्रतिबद्धता कागजी रूपमा गरेका छन् । तर ती व्यवस्था कहिले कार्यान्वयन हुने ? सांसद पासवानलाई कुट्ने व्यक्तिहरू नेपाली कांग्रेससँग आबद्ध छन् । अझ नेपाली कांग्रेसले १२ औँ महाधिवेशनबाट विधानमा जातीय छुवाछूत गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको पाइन्छ ।

देशभरि विभिन्न ठाउँमा दलित समुदायको जनप्रतिनिधिहरूमाथि भइरहेको आक्रमण, जातीय विभेद र उपेक्षाको घटनालाई दुई तिहाइ जनमत प्राप्त सत्तासीन दलका भ्रातृ संगठनहरूले कुन रूपमा लिए ? घटनाको चौथो दिनसम्म केही कत्तै सुनिएको पढिएको छैन ? दलितका नाम भ्रातृ संगठन खोलेर व्यक्तिगत लाभमा अल्झिरहने कहिलेसम्म?

त्यसो त यो घटनाबाट सांसद रामप्रित पासवानको इज्जत दलितको नजरमा अझै उच्च भएको छ । जातीय सोच बोकेर राजनीतिलाई गलत धारमा लगिरहेकाहरूको विरुद्ध उहाँको संघर्ष सदा अविस्मरणीय रहनेछ । आज देश र मधेसमा जातिगत रूपमा उदय भइरहेको नवसामन्तहरूको घोर अमानवीय कुकृत्यको पर्दाफास हुँदैछ । दलित सांसद, मन्त्री, शिक्षक, प्रध्यापक जे भए पनि अछूतको दर्जाबाहेक अरू केही दिन तयार छैन अझै समाज ।

तर दलित समाजको इज्जतलाई इज्जत नठान्ने, दलित समाजका छोरीचेलीको सार्वजनिक रूपमै बलात्कार गर्छौं भन्ने, दलित महिलालाई खुलेआम घरमै गएर उठाउँदा पनि आफ्नो जातको मान्छे भनेर संरक्षण दिने नेता तथा पार्टीहरूलाई दलितहरू कहिले चिन्ने ? चिनेर पनि त्यसको प्रतिकार कहिले गर्ने ?

सार्वजनिक रूपमै दलित युवतीलाई बलात्कार गर्छौं भन्ने निर्णय गराउने वा त्यसमा सहयोग गर्ने व्यक्तिहरूको विरोध गर्दा पञ्चायतमै ज्यान लिने मनसायले आक्रमण हँुदा कुन कुन पार्टी र कुन कुन नेताहरूले के के गरे ? महिला अधिकारकर्मीहरू किन मौन छन् ?

प्रदेश २ शल्हेश र दिनाभद्रीले शासन सत्ताका विरुद्ध सर्घष गरेको भूमि पनि हो । ऐतिहासिक कालदेखि यहाँका दलितहरूले सामाजिक परिवर्तनका लागि भएका सबै संर्घषमा अग्रस्थानमा रहेर गैरदलितसँगै बलिदानी दिएका छन् । तर जसरी तरकारीलाई स्वादिष्ट बनाउन तेजपता अनिवार्य समावेश त हुन्छ तर तरकारी पाकिसकेपछि खानेबेला त्यसलाई चुसेर फयाँकिन्छ, ठीक त्यस्तै अवस्था अहिले दलितहरूको छ ।

राज्यका प्रहरी प्रशासन त कथित उच्च जातका नेताहरूको कठपुतली हुन् । उनीहरूको आशीर्वादविना सरुवा बढुवा असम्भव प्रायः हुन्छ । तसर्थ ती नेताहरूको आदेशविना सामान्य दलित त के राज्यको विशिष्ट पदमा पुगेका दलितमाथि आक्रमण गर्नेसम्मले  समेत छुट पाइरहन्छ ।

सांसद रामप्रित पासवानलाई आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी मागेपछि उन्मुक्ति पाएका छन् । यादव बाहुल्य गाउँमा सानो दलित बस्ती छ । बस्तीका सबै दलित परनिर्भर छन् । फेरि कुट्नेहरू तुरुन्त अर्को पटक कुटाई गर्दा लाग्ने खर्च जोहोदेखि जेल को बस्नेसम्मको तयारी गरेपछि पुनः त्यही पञ्चायतीबाट समाजले गरेको निर्णय मान्न बाध्य भएका छन् ।

वाम गठबन्धन हुने बेलादेखि प्रधानमन्त्री केपी ओलीले पटकपटक सामाजिक न्याय सहितको समृद्धिको कुरा दोहो-याउने गर्छन् । तर, यहाँ प्रश्न उठ्छ– प्रधानमन्त्रीले भनेको सामाजिक न्यायसहितको समृद्धि कस्तो हुन्छ ? सामान्य नागरिकको त कुरै छाडौँ, आफ्नो सांसदलाई समेत सुरक्षित महसुस गराउन र दोषीलाई कारबाही गर्न सक्दैन भने त्यस्तो  सरकारले ल्याउने समृद्धि कस्तो हुन्छ ? सार्वजनिक रूपमा बलात्कार गर्न पाउनुपर्ने माग गर्ने देशमा समृद्धि, विकास र सामाजिक न्यायको भाषणले के हुन्छ ?

प्रकाशित: ५ मंसिर २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App