८ वैशाख २०८१ शनिबार
खेल

इसुजु ओपन गल्फ शनिबार

काठमाडौं – गोकर्ण गल्फ क्लब र कन्टिनेन्टल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा इसुजु ओपन गल्फ प्रतियोगितामा अगामी शनिबार हुने भएको छ।

एकदिने एमेच्योर गल्फ प्रतियोगितामा सय गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा हुने प्रतियोगिता कुल १८ होलमा खेलाइने गोकर्ण गल्फ क्लबका डाइरेक्टर दीपक आचार्यले जानकारी दिए।

प्रतियोगितामा दशौँ होल र १६औँ होलमा ‘होल इन वान’ गर्ने गल्फरले इसुजु पिकअप गाडी प्राप्त गर्नेछन् । पहिलो पटक नै दुई होलमा ‘होल इन वान’ को प्रावधान राखिएको कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष सुहृद घिमिरेले जानकारी दिए ।
‘हामी एमेच्योर गल्फ प्रतियोगिता यस संस्करणदेखि निरन्तर सञ्चालन गर्नेछौं । यसको सुरुआत उत्कृष्ट हुनेमा हामी आशावादी पनि छौँ, आयोजक कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष घिमिरेले भने।

प्रतियोगिता पुरुष र महिला, सिनियर पुरुष (६० वर्ष र ६० वर्षभन्दा माथि) र जुनियर (१७ वर्ष र सोभन्दा मुनि) गल्फरले प्रतिस्पर्धा गर्नेछन् । तीनै समूहका विजेता र उपविजेताले ट्रफी प्राप्त गर्नेछन् । विधागतअन्तर्गत लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिजलाई पनि आयोजकले ट्रफी प्रदान गर्नेछ।

प्रकाशित: ५ मंसिर २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App