८ वैशाख २०८१ शनिबार
खेल

शनिबारदेखि दक्षिण एसियाली शारीरिक सुगठन

काठमाडौं – नेपालमा पहिलो पटक दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप आयोजना शनिबारदेखि हुने भएको छ।

दक्षिण एसियाका आठै राष्ट्रका खेलाडी सहभागी हुने दक्षिण एसियाली च्याम्पियनसिप पाहिलो पटक नेपालमा हुन लागेको हो । निकै लामो इतिहास बोके पनि समानान्तर दुई संघको अस्तित्वमा रहेको बडिबल्डिङ पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा सहभागिता र नतिजा दुवै घट्दो स्तरमा छ।

तर, शनिबारदेखि हुने दक्षिण एसियाली प्रतियोगितामा नेपाली खेलाडीले थप अवसर पाउनेछन् । साथै सो प्रतियोगितापश्चात् नेपाली बडिबिल्डङ खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजरको अवसर पाउनुका साथै नेपालमै हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुदका लागि आफ्नो मूल्याङ्कनको अवसरसमेत प्राप्त गर्नेछन्। 

एसियन बडिबिल्डिङ एन्ड फिटनेस महासंघको आयोजनामा हुने च्याम्पियनसिप नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसको व्यवस्थापनमा हुनेछ । नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसले मंगलबार पत्रकार सम्मेलनमा करिब २ सय ५० खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने जनाएको हो।

राष्ट्रिय सभागृहमा हुने प्रतियोगितामा पुरुष बडिबिल्डिङतर्फ ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी र ८५ केजीभन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ । यसै गरी पुरुष फिजिक स्पर्धामा एक सय ६८ सेमिमाथि र एक सय ७१ सेमिमाथि प्रतिस्पर्धा हुनेछ । महिला फिजिकमा एक सय ६२ सेमि तथा त्योभन्दा माथि प्रतिस्पर्धा हुनेछ।

मंसिर ९ गतेसम्म हुने प्रतियोगिताका हरेक तौल समूहका विजेताले आकर्षक पुरस्कार पाउने नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसका अध्यक्ष शिव लामिछाने बिकले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०७५ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App