coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुवावेको मेट ट्वान्टी प्रो सार्वजनिक

काठमाडौं – मोबाइल ब्रान्ड हुवावेले आफ्नो नयाँ फोन ‘हुवावे मेट ट्वान्टी प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै उक्त फोन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार गत महिनामात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन नेपालमा बुधबारदेखि व्यावसायिक रुपमा भित्रिएको हो।

यो फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्जयुक्त ४२०० एमएएच ब्याट्री रहेको नेपालका मार्केटिङ म्यानेजर प्रनिशा श्रेष्ठले जानकारी दिइन्। 

मेट ट्वान्टी प्रोमा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेट अप जडित छ । अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझै पनि डुअल क्यामरा मात्र ल्याइरहेको बेला हुवावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङ ल्याउन सफल भएको श्रेष्ठको भनाइ छ। 

वायरलेस चार्जिङलाई प्राथमिकतादिँदै हुवावेले मेट ट्वान्टी प्रोले १५ वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाटसम्म पनि सपोर्ट गर्न सक्छ । यसमा भएको सुपरचार्ज प्रविधि टियुभी प्रमाणित रहेको कम्पनीले जनाएको छ। 

सोफिस्टिकेटेड डिजाइनको हुवावे मेट ट्वान्टी प्रो स्मार्टफोन सबैभन्दा अत्याधुनिक, लामो ब्याट्री आयु, अत्याधुनिक सुरक्षा, उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । हुवावे मेट ट्वान्टी प्रोको बजार मूल्य एक लाख २९ हजार नौ सय तोकिएको छ।

 

प्रकाशित: ५ मंसिर २०७५ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App