१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

टोकियो- जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ।

गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो।

अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ।

कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ। जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन्।

कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण बिषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताए। “सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,” मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले बिषयलाई थप विस्तार नगरिकन बताए।

चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पु-याएको छ। उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ।

फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्।

गोसनको पक्राउ भएको भन्ने पत्याउनै कठिन लाग्दो समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो। यद्यपि टोकियोका अभियाजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन्।

जापानी अभियोजनकर्ताहरूले भनेका छन्, “गोसनलाई विगत पाँच बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो।”

निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उनले गरेका केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो। उनीमाथि उहाँको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ।

निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ। गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ।

गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताए।

कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ। त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५.८४ प्रतिशतले कमी आएको छ।

गोसनले आफु र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन्। तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको बताए।

प्रकाशित: ४ मंसिर २०७५ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App