१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्दिरमै जन्मियो बच्चा

सप्तरी–राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले बच्चा जन्माएकी छन्।स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै बालिकालाई जन्म दिएकी हुन्।

स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन्। सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा जन्मिएको हो। मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए।

भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ।रासस

प्रकाशित: ४ मंसिर २०७५ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App