coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

 काठमाडौँ - गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे।

नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले  नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गरे।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि आग्रह गरे। राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबिच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वाँस व्यक्त गरे।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु भ्रमण आउने गरेको र उनिहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए। विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई छ।

 

 

प्रकाशित: ४ मंसिर २०७५ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App