coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्ज-रक्सौल नाका एक घण्टा बढी खुल्दै

वीरगन्ज- लामो नाकाबन्दीले ब्यपार घटेपछि तंग्रिन संघर्ष गरिरहेको मुलुकको प्रमुख ब्यपारिक नाका साबिकभन्दा दैनिक एक घण्टा बढी खुल्न थालेको छ। वीरगन्ज-रक्सौल नाका दुबैतर्फको भन्सार कार्यालयको समन्वयमा जुन १९ देखि बिहान ६ देखि राति ११ बजेसम्म खुल्न थालेको छ। यसअघि राति १० बजे दुबैतर्फको भन्सारका ब्यारियर बन्द गरिन्थे।

मालबाहक सवारी साधन बढी समय रोकिँदा पर्ने नोक्सानी तथा अप्ठ्यारो हटाउन दैनिक हुने जामको समस्याबाट छुटकारामा यसबाट मद्वत मिलेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख अधिकृत सेवान्तक पोखरेलले बताए।

‘मालबाहक गाडीहरु रोकिँदा त्यसमा पर्ने बिलम्ब शुल्क अन्ततः आम उपभोक्तामा नै पर्ने हो, अहिले अलिकति भए पनि राहत भएको छ,’ पोखरेलले भने, ‘एक घण्टा अबेरसम्म दुबैतर्फबाट सावारीहरु आवतजावत गर्न पाउदा प्रतिदिन ओहोरदोहोर गर्ने गाडीको संख्या बढेको छ।’

रअहिले दैनिक एक हजार २ सयभन्दा गाडी वीरगन्ज भन्सारबाट भित्रिन थालेको छ। पहिले यो संख्या हजारको हाराहारीमा थियो। संगसंगै राजश्व असुली पनि बढेको उनले बताए।

वीरगन्ज भन्सारका प्रमुख पोखरेल र भारतीय भन्सारको रक्सोल कस्टमका असिस्टेन्ट कमिश्नर आरके सिंहबीच बसेको बैठकको निर्णयअनुसार आवश्यक प्रक्रिया गरी भन्सार नाका एक घण्टा बढी खुल्न थालेको हो। सिंहले आफूहरुले यस नाकाबाट हुने ब्यपार र आवतजावतमा मानिसहरुलाई बढीभन्दा बढी सजिलो होस भनेर यस्तो निर्णय गरेको बताए। नाका अबेरसम्म खुल्न थालेदेखि रेल यात्रुहरुको पनि आवतजावतमा सजिलो भएको उनले बताए।

प्रकाशित: १० असार २०७३ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App