coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेदरल्याड्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा

काठमाडौं – नेदरल्याड्स जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याड्सका लागि भर्जिल भान डिजिक नायक सावित भए।

समूह ‘ए वान’ मा रहेको नेदरल्याड्स सोमबार राति भएको खेलमा २–० ले पछि परेको अवस्थाबाट खेलमा फर्किएको हो। खेल सुरु भएको नवौं मिनेटमा नै जर्मनीले टिमो वेर्नरको गोलमा अग्रता लिएको थियो। १९ औं मिनेटमा लेरोइ सानेले गोल गरेपछि जर्मनी पहिलो हाफमा नै २ गोलको अग्रता लिन सफल भयो।

तर नेदरल्याड्सले खेल सकिँन ५ मिनेट बाँकी रहँदा नाटकिय रुपमा पुनरागमन गर्यो। ८५ औं मिनेटमा क्विन्सी प्रोमिसले गोल गर्दै डच टोलीलाई खेलमा फर्काएका थिए। ९० औं मिनेटमा भान डिजिकले गोल गरेपछि नेदरल्याण्ड्स खेल २–२ गोलको बराबरीमा टुंग्याउन सफल भयो।

थोमस मुलरले दोस्रो हाफमा सफ्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गर्दै जर्मनीका लागि १०० औं खेल पूरा गरेका छन्। उनले टिमका लागि तेस्रो गोल गर्ने मौका पाएपनि सफल हुन सकेनन्।

बराबरीपछि नेदरल्याण्ड्सले ४ खेलबाट ७ अंक जोड्दै फाइनल चरणका लागि स्थान सुरक्षित गरेको छ। विश्व विजेता फ्रान्सको पनि समान ७ अंक भएपनि हेट टु हेटका आधारमा डच टिमले पछि पार्यो। जर्मनी भने यसअघि नै रेलिगेट भएको थियो।

योसँगै सेमिफाइनल चरण पूरा भएको छ। इङ्ल्याण्ड, स्विजरल्याण्ड र पोर्चुगल अन्तिम ४ का लागि छनोट भएका छन्। पोर्चुगलमा अर्को वर्ष जुनमा हुने सेमिफाइनल खेलका लागि डिसेम्बरमा ड्र सार्वजनीक हुनेछ।

प्रकाशित: ४ मंसिर २०७५ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App