coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमको जहाजमा ब्यागेज नियम परिवर्तन

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इकोनोमी क्लासमा ब्यागेजको नियम परिवर्तन गरेको छ । निगमको जहाजमा दुबईबाट काठमाडौं आउँदा ‘इकानोमी क्लास’का यात्रुले अन्तर्राष्ट्रिय उडान मापदण्ड अनुसारको नयाँ नियम बमोजिम ब्यागेज ल्याउन पाउनेछन्।

‘जहाजको इकोनोमी क्लासमा ब्यागको साइज नमिलेर समस्या हुने देखिएपछि निगमले नयाँ नियम लागू गरेको हो । कात्तिक २४ गतेबाट उक्त नियम कार्यान्वयनमा ल्याएको हो,’ निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘नयाँ नियमले यात्रुलाई सहज हुने अपेक्षा छ।

निगमका अनुसार युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट आउँदा कुनै पनि एउटा ब्यागेजको तौल अधिकतम ३० किलोसम्मको हुनुपर्ने छ । विद्युतीय उपकरणसहितको चेक–इन ब्यागेज भने दुई थानसम्म ल्याउन अनुमति दिइएको छ । चेक–इन ब्यागेजको आकार (लम्बाइ, चौडाइ र उचाइ) एक सय ६० सेन्टिमिटरभन्दा बढी हुनु हुँदैन।

तोकिएको आकारभन्दा बढी वा तौल धेरै वा सामान्य ढाँचाभन्दा बाहिरका ब्यागेज ल्याउनुपरे प्रतिथान दुई सय युएई दिनार शुल्क तिर्नुपर्ने निगमले जनाएको छ । साथै, ह्यान्ड ब्यागेजतर्फ भने भन्सार शुल्क मिनाहा गरिएका सामानसहित अधिकतम सात किलो तौलको झोला ल्याउन सकिने व्यवस्था गरेको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App