भविष्य : शाकाहारी भोजनको

मङ्गलबार, ०४ मङि्सर २०७५, ०८ : ०६ डा. सुभाष पोखरेल

अघिल्लो २–३ दशकमा मानिसको औसत आयु ह्वात्तै बढ्यो । बाल तथा मातृ मृत्यु दरमा आएको गिरावट तथा औषधि विज्ञानको सफलताले मानिसको सालाखाला उमेर बढ्यो । तथ्याड्क हेर्दा एकातिर मानवको औसत आयु थपिएको देखियो भने अर्कोपट्टि कहिल्यै नदेखिएका रोगले मानिसलाई सताएको पाइयो ।क्यान्सर जस्ता भयानक रोगको चुनौती सामना गर्न वैज्ञानिकहरूले न्यायोचित सफलता हासिल गर्न सकेका छैनन् । संसारमै सर्वाधिक ज्यान लिने मुटु रोगीको संख्या दिनानुदिन बढेको पाइयो । क्यान्सरको बहुरूपी स्वरूप अनि नवीन रोगको उत्पत्तिपछि के आधुनिक विकासले नयाँ स्वास्थ्य समस्याहरू ल्याएको हो त? भन्ने प्रश्न टड्कारोरूपमा आउने नै भयो । त्यसै सम्बन्धमा भएका अनुसन्धानलाई पस्कने जमर्को गरियो यो लेखमा ।

चाइनिज एकेडेमी अफ मेडिकल साइन्सले चीनका २४ सय जिल्लामा सन् १९७३ देखि १९७५ को अवधिमा विभिन्न ४८ किसिमका क्यान्सर तथा मुटुरोगका कारण मारिएका व्यक्तिहरूको आकडा प्रकाशित ग-यो सन् १९८१ मा । उक्त तथ्याड्कले अनौठो नतिजा देखायो । दर्जनौँक्यान्सरमध्येको पनि कुनै अर्वुद रोग निश्चित भौगोलिक इलाकामा सीमित भएको देखियो । एक भेगमा प्रशस्त देखिने क्यान्सर अर्को इलाकामा नगण्य पाइयो । उदाहरणका लागि ठूलो आन्द्रामा लाग्ने क्यान्सर कुनै जिल्लामा नगण्य देखियो भने अर्को इलाकामा सर्वाधिक मानिस कोलोन क्यान्सरले मरेको देखियो । त्यही कुरा स्तन, फोक्सो तथा अन्य क्यान्सरको हकमा पनि सत्य देखियो । त्यस्तै मुटुरोगीको संख्या कुनै इलाकामा अत्यधिक देखियो भने अर्को इलाकामा नगण्य हर्टका मरिज पाइयो।

चाइना प्रोजेक्टले मासु तथा चिल्लो पदार्थ अत्यधिक सेवन गर्ने इलाकाका बासिन्दामा कोलोन तथा स्तन क्यान्सरले अत्यधिक सताइएको मात्र देखेन, बरु उक्त भेगमा मुटुका रोगीको संख्या पनि बढीनै पायो।

दुई जिल्लाको तथ्याड्क दाँज्दाएक भेगको भन्दा अर्को इलाकामा एक किसिमको क्यान्सरले मरेका मानिसको संख्या सय गुणाभन्दा पनि अधिक देखियोचीनमा । जुन तथ्याड्क वैज्ञानिकहरूका लागि असामान्य थियो । क्यान्सर रोगको वितरण संयुक्त राज्य अमेरिकालगायतका विकसित मुलुकका सहरमा करिब करिब समान अनुपातमा हुने गरेको पाइन्थ्यो । संसारको अन्य मुलुकभन्दा फरक चीनमा भने एक इलाकाभन्दा अर्को भेगमा अर्बुद रोगीको संख्या किन त्यति अधिक देखियो भनी उत्तर दिनु अनुसन्धानकर्ताको कर्तव्य बन्यो । विभिन्न देशका अनुसन्धानकर्ताले आखिर क्यान्सर रोगको वितरण चीनमा किन पृथक देखियो भनी उत्खनन् गर्ने अठोट गरे।

त्यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको कर्नेल युनिभर्सिटीका प्राध्यापक टमस क्याम्पबेलको अगुवाइमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र चाइनिज एकेडेमीका प्राध्यापक सम्मिलित टोलीले चीनको अध्ययनलाई आधार मानेर मानिसको आहारबिहार र व्यक्तिमा लाग्ने रोगका बीच अन्तरसम्बन्ध स्थापित गर्न सकिन्छ कि त भनी उत्खनन गर्ने निधोगरे । उत्साहित प्रारभिक नतिजापछि उक्त अध्ययन समूहमा क्यानडा र फ्रान्सका अनुसन्धानकर्तासमेत सामेल भए । सो अध्ययनलाई ‘चाइना.कर्नेल अक्सफोर्ड प्रोजेक्ट’ पनि भनिन्छ । खाना र रोगबीचको अन्तरसम्बन्धलाई उक्त प्रोजेक्टले व्याख्या गरेका कारण उक्त अध्ययनको चर्चा यहा सान्दर्भिक ठानियो । साथै, ग्रामीण भूभागमा एक जिल्लाका मानिसको खानेकुरा एकै किसिमको हुनु, सामाजिक परिवेश अनि पुर्खासमेत समान भएकाले चीनको अध्ययन विशेष हुने ठाने वैज्ञानिकहरूले।

चाइना कर्नेल अक्सफोर्ड प्रोजेक्टले खानपिनले रोगलाई कसरी निर्देशित गर्छ भन्ने कुरालाई सरलीकृतरूपमा व्याख्या ग¥यो । नेपालमा झैँ चीनमा पनि दुर्गम भेगका बासिन्दाले उक्त इलाकामा जे उत्पादन हुन्छ त्यही नै सेवन गर्ने हुन् । जस्तै– फापर फल्ने दुर्गमका बासिन्दाले आफ्नो उत्पादन बेचेर अर्को अन्न बेसाएर खाने सम्भावना कम हुन्छ बरु उक्त भेगका नागरिकले फापरनै खानेहो । त्यही यथार्थ धान तथा अन्य खाद्यान्न फल्ने भेगका मानिसमा पनि सत्य हुन्छ नै । त्यसैले फापर फल्ने इलाकाका मानिसमा देखिने रोग र धान उत्पादन हुने इलाकामा लाग्ने रोग फरक फरक हुँदा त्यसको कारण खानासँग प्रत्यक्ष सम्बन्धित भएको एकिन गर्न कठिन भएन । त्यस्तै दुर्गम भेगमा यातायातको पहुँच हुँदैन, नियमित हिँडाइदैनिकी बन्छ त्यहाँ । तर यातायात साधनको सहज उपलब्धताले गर्दा सहरी भेगमा त्यस्तो अवस्था हुँदैन । त्यसैले अरु अवस्था समान रहेको खण्डमा सहरका बासिन्दालाई लाग्ने रोग र दुर्गम भेगका जनतामा देखिने समस्या फरक फरक भए त्यसको कारण हिँडाइसँग जोड्न कठिन रहेन । उल्लिखित तथ्याड्कलाई आधार मानेर चाइना प्रोजेक्ट अगाडि बढ्यो । मुख्यतः खानपिनले रोगहरूलाई कसरी निर्देशित गर्छ भन्ने अध्ययन नै उक्त बहुविश्वविद्यालय अनुसन्धानको मुख्य मर्म थियो।

खोस्टामात्र हटाएको ब्राउन राइस सेवन गर्ने व्यक्तिभन्दा चम्किलो पारिएको चामल खाने मानिस बढी रोगी देखिए । गहुँको भात खानेभन्दा गहुँलाई प्रशोधन गरी बनाइएको पाउरोटी सेवन गर्ने समुदाएका मानिस बढी रोगी देखिए ।

चाइना प्रोजेक्टले मासु तथा चिल्लो पदार्थ अत्यधिक सेवन गर्ने इलाकाका बासिन्दामा कोलोन तथा स्तन क्यान्सरले अत्यधिक सताइएको मात्र देखेन, बरु उक्त भेगमा मुटुका रोगीको संख्या पनि बढीनैपायो । सागसब्जी अत्यधिक सेवन गर्ने गाउँका बासिन्दामा क्यान्सर तथा मुटुरोगीको संख्या निकै कम देखियो । त्यस्तै धान नै मुख्य अन्नको रूपमा सेवन गर्ने दुई भेगमध्ये पनि खोस्टामात्र हटाएको ब्राउन राइस सेवन गर्ने व्यक्तिभन्दा चम्किलो पारिएको चामल खाने मानिस बढी रोगी देखिए । गहुँको भात खानेभन्दा गहँुलाई प्रशोधन गरी बनाइएको पाउरोटी सेवन गर्ने समुदाएका मानिस बढी रोगी देखिए । व्यक्तिलाई क्यान्सर जस्ता भयानक रोगलाग्नुमा आमाबाबुबाट आएको अणुवांशिक पदार्थजिनले महत्वपूर्ण भूमिका खेलेको छ कि भनी निक्र्याेल गर्न एकै पुर्खाका तर दुई पृथक भूभागमा बसेका कारण खानपिन फरक भएका मानिसमा लागेका रोग खोट्याउँदासमेत बिरामी हुनुको प्रमुख कारण खानपिन नै भएको पाइयो।

दुई दशकको लामो अनुसन्धानपछि चाइना प्रोजेक्टले दुई वाक्यको निचोड निकाल्यो । वनस्पतीजन्य खाद्य पदार्थ खाने व्यक्ति मासु खाने मानिसभन्दा स्वस्थ हुन्छ अनि प्रकृतिले दिएको खाद्य पदार्थ यथास्थितिमा सेवन गर्ने समूह प्रशोधित खानेकुरा ग्रहण गर्ने व्यक्ति भन्दा स्वस्थ हुन्छ भन्ने चाइना कर्नेल अक्सफोर्ड प्रोजेक्टको निष्कर्ष देखियो । २० वर्षको लामो अनुसन्धानपछि प्राध्यापक क्याम्पबेलले चाइना स्टडीको सारलाई पुस्तकमा उतारे । उनको पुस्तक ‘द चाइना स्टडी’ लाई पोषण र स्वास्थ्यको अन्तरसम्बन्ध स्थापित गर्ने अहिलेसम्मकै उत्कृष्ट कृति मान्ने पोषणविद् मनग्गे पाइन्छन् । त्यसो त माछा, मासु र प्रशोधित खानेकुरालाई रोगको प्रमुख कारक ठान्ने डा. क्याम्पबेलसँग असहमत हुनेको संख्या सानो छैन । त्यसमाथि दैनिक खरबौँ डलरको कारोबार गर्ने चलानी खान्की बनाउने कम्पनी तथा मासु उत्पादक फर्महरू क्याम्पबेलसँग सहमत हुने कुरै आएन ।यद्यपि संयुक्त राज्य अमेरिकाका धेरै ‘न्युट्रिसनिस्ट’ हरू पशुपक्षीजन्य खान्की त्यागेका कारण चिनी रोग तथा रक्तचापको संघारमा पुगेका बिरामीमध्ये आधाभन्दा बढी पुनः स्वस्थ भएको बताउँछन् । तथापि वनस्पतीजन्य खाना खानेबित्तिकै के कारणले ओखती सेवन गर्ने अवस्थामा पुगेको बिरामी पुनः स्वस्थ भयो भन्ने कुराको वैज्ञानिक कारण भने एकिन भएकोछैन।

संयुक्त राज्य अमेरिकामा मेडिकलका विद्यार्थीले ‘न्युट्रिसन साइन्स’ पढनै पर्दैन भन्दा अचम्म मान्नुपर्दैन । थोरै भए पनि नेपालका चिकित्सक भने खाद्य पदार्थले स्वास्थमा के÷कस्तो असर पार्छ भन्ने यथार्थसँग परिचितछन् र तद्नुरूपको सल्लाह दिन्छन् नै बिरामीलाई । यद्यपि धेरै मुलुकमा डाक्टरको काम रोग निको पार्नुहो, बिरामी पर्न नदिनु चिकित्सकको धर्म होइन भन्ने अवधारणाछ । रोग लाग्न नदिनु भनेको आफ्नो खुट्टामा बन्चरोले हान्नु ठान्ने चिकित्सक नभएका होइनन्।

चाइना प्रोजेक्ट वनस्पतीजन्य खाद्य पदार्थले धेरै रोग पाखा लगाउने बताउँछ । त्यस्तै जोन्स हप्किन्सका प्राध्यापकद्वय टमस अर्लिड्गर र लरेन्स एपिल मासुको खपत र मुटु रोगका बीच प्रत्यक्ष सम्बन्ध देख्छन् । उल्लिखित अनुसन्धानलाई आधार मान्दा ‘शाकाहारी बनौँ, मुटुरोग भगाऔँ’ भन्दा अन्यथा नहोला । मुटुको अपरेसनपछि चाइना प्रोजेक्टको बारेमा पहिला नै सुसूचित भएको भए आफू प्रारम्भमै शाकाहारी हुने उद्घोष गर्ने अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको अभिव्यक्ति अरुका लागि पनि अनुकरणीय हुन सक्छ । त्यस्तै अमेरिकी टेलिभिजन सिएनएनका स्वास्थ्य संवाददाताचिकित्सक सञ्जय गुप्ताले मांसाहारी खानाले मानिसको मुटुलाई कसरी प्रभाव पार्छ भनी सन् २०११ मा तयार गरेको अनुसन्धानमा आधारित प्रस्तुति रोग र खानपिनको अन्तरसम्बन्ध बुझ्न पर्याप्त देखिन्छ।

मासुका लागि उत्पादन गरिएका प्राणीलाई ब्याक्टेरियाले संक्रमण नगरोस् भन्नाका लागि एन्टिबायोटिक्स दिइन्छ । त्यस्तो मासु खाने व्यक्तिमा क्यान्सरको संक्रमण हुन सक्ने संभाव्यता बाहिरिएको अवस्थामा मांसाहारीभन्दा शाकाहारी खाना स्वस्थ हुन्छ भन्नैपर्ने भयो । त्यसका अतिरिक्त जंंगलका फलफूल तथा कन्दमूल खाएर तपस्या गर्ने ऋषिमुनीहरू हजारौँ वर्ष बाँच्ने गरेको यथार्थ धर्मशास्त्रले उजागर गरेको अवस्थामा वनस्पतीजन्य खाद्य पदार्थको वकालत गर्ने बेला भएको देखियो ।माछा, मासुमा मात्र पाइने भिटामिन बि १२ शाकाहारी खानामा उपलब्ध नहुने भएकाले उक्त भिटामिन बाह्य चक्कीमार्फत सोधभर्ना गर्न सके शरीरको वृद्धि तथा विकासका लागि वनस्पतीजन्य खाद्यपदार्थ पर्याप्त रहेको अनुसन्धानले पुष्टि गरेको अवस्थामा माछा, मासुको विकल्प खोज्न सकिन्छ । शाकाहारी भोजन खाँदा मुटु रोग तथा क्यान्सर जस्ता समस्या न्यूनीकरण गर्न सकिन्छ भने स्वस्थ जीवनका लागि माछा, मासु त्याग्न किन तयार नहुने ? चाइना स्टडीको निचोड, वैज्ञानिक उत्खनन तथा धर्मशास्त्रको फेहरिस्त हेर्दा प्राकृतिक शाकाहारी भोजनले आधुनिक मानिसको उमेरसमेत उल्लेख्य वृद्धि हुन्थ्यो कि भन्नैपर्ने भयो।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad