coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाउँपालिकाको संख्या बढाउने तीन दलको सैद्धान्तिक सहमति

काठमाडौं- प्रमूख तीन दल स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमतिमा पुगेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले स्थानीय तह पूनर्संरचनाबारे छलफल गरेको थियो। बैठकले पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ।

 ‘स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ', बैठक पछि प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले भने, 'अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ।’ यो निर्णयसँगै गाउँपालिकाको संख्या केही बढ्न सक्ने खनालले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल लगायत तीन दलका शीर्ष नेताहरु सहभागी थिए।

प्रकाशित: ९ आश्विन २०७३ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App