८ वैशाख २०८१ शनिबार
समाज

युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

जनकपुर – अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस  र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । उक्त कोर्ष गत जनवरीमा राजधानी काठमाडौंमा सुरु भएर आइतबार सम्पन्न भएको हो।

जनकपुरमा आयोजित पहिलो दिक्षान्त समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ अतिथिहरु सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता अवधेश कुमार सिंह, युनिभर्सिटी अफ सान डिएगो अन्तर्गत आईपीजेका कार्यकारी निर्देशक एन्ड्रयु ब्लुम, आईपीजेका कार्यक्रम अधिकारी ड्यानियल ओर्थ, आईपीजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साहलगायतको उपस्थितिमा सहभागीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरियो।

कार्यक्रममा प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए। यस शैक्षिक सत्रको शुभारम्भ राजधानी काठमाडौंमा भएको थियो भने तीन–तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो। दोस्रो कार्यक्रम हिमाली क्षेत्र (दोलखा) मा, तेस्रो कार्यक्रम पहाडी क्षेत्र (कास्कीको चिसापानी) मा र चौथो कार्यक्रम तथा दिक्षान्त समारोह (ग्राजुएसन) तराई क्षेत्र प्रदेश नम्बर २ को जनकपुरमा सम्पन्न भएको हो।

दीक्षान्त समारोहमा प्रमुख अतिथि तथा प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नेतृत्व भनेको समाज र देशलाई नै हाँक्ने व्यक्ति भएकाले आफ्नो समाज तथा देशको परिवेश बुझेर काम नीतिनियम बनाउनुपर्ने बताए। नेपालजस्तो देशमा नेतृत्व विकास कार्यक्रमको महत्व बढी हुने उनको धारणा छ।

 

प्रकाशित: ३ मंसिर २०७५ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App