७ वैशाख २०८१ शुक्रबार
अर्थ

नैतिकतायुक्त कामदार आपूर्ति प्रक्रियामा जोड

काठमाडौं– श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली श्रमिक आपूर्ति प्रक्रियालाई सहज र पारदर्शी बनाएर कामदारको हित रक्षामा सरकार प्रतिवद्द रहेको बताएका छन्।

विदेसमा कामदार आपूर्ति प्रक्रियालाई पारदर्शी र नैतिक आचरणयुक्त बनाउने विषयमा राजधानीमा युएस मिसनले आयोजना गरेको कार्यक्रमा विष्टले  विदेसिने नेपालीको हित रक्षामा सरकार लागि परिरहेको बताएका हुन्।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनता, निजीक्षेत्र र सरकारलाई हितहुने विषयमा सहयोग गर्न अमेरिकी सरकार प्रतिवद्द रहेको धारणा राखेका थिए। 

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पध्म ज्योतीले आपूर्तिका लागि नैतिकतापूर्ण संस्थागत संरचना तयार गरिनुपर्नेमा जोड दिएका थिए। 

 

प्रकाशित: ३ मंसिर २०७५ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App