८ वैशाख २०८१ शनिबार
अर्थ

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

काठमाडौं— यहाँको उत्पादनले नथेगेपछि दसैं–तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ । व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ।

उपत्यकामा दसंै–तिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ । थपकरिब १८ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाटसमेत ल्याउने तयारी छ ।

सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैं–तिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने अवस्था छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ ।

दसैं–तिहारमा मांशाहारीले घरघरै खसीबोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बका खसीबोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । चाडबाडमा मासु धेरै खपत हुने भएकाले उपत्यकामा भारतबाट खसीबोका ल्याउन थालिएको चौपाया खरिद बिक्री सेवा, संघका अध्यक्ष गोविन्द पाठकले बताए । ‘दसैंतिहारमा बिक्री गर्न करिब ३२ हजार खसीबोका भारतबाट ल्याइँदैछ,’ पाठकले भने, ‘यहाँ उत्पादन गरेका खसीबोकाले बजारको १०÷१५प्रतिसतमात्र माग धान्ने भएको छ ।’ यो सिजनमा मात्र करिब आधा अर्ब रुपैयाँ भारत जाने भएको छ । ‘१५ हजारका दरले करिब ४८ करोड रुपैयाँका खसीबोका आयात हुन्छन्,’ उनले भने ।

भारतबाटमात्र नभएर चीनबाट केरुङ, मुस्ताङको कोरला नाकाहुँदै पनि भेडाच्यांग्रा ल्याउने क्रम सुरु भएको छ । हिमाली क्षेत्रमा भेडाच्यांग्रा पाल्ने किसानले चीनको सीमा क्षेत्रबाट भेडच्यांग्रा खरिद गरेर ल्याई मिसाएर बेच्ने सम्बन्धित जिल्लाका किसान बताउँछन् ।

चाडवाडमा शहरी क्षेत्रमा खसीबोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, वंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँ—गाउँबाट पशु ल्याउने तयारी गरिएको छ  ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जारकोट लगायतका जिल्लाबाट पनि खसीबोका ल्याउने अध्यक्ष पाठकले बताए । ‘८५÷९५प्रतिशत खसीबोकाको मासु विदेशबाट ल्याएको प्रयोग गर्नुपर्नेछ,’ उनले भने, ‘यहाँ प्रयाप्त उत्पादन नहुँदा यस्तो समस्या भएको हो ।’

 व्यापारीसहित सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले राजधानीमा दसैतिहारलाई करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा बिक्री गर्ने योजना बनाएका छन् । संस्थानले मुस्ताङबाट करिब १ हजार ५ सय भेडाच्यांग्रा, नेपालगन्जबाट १ सय ५० खसीबोका, दाङ, वीरगञ्ज, सुर्खेतलगायतका जिल्लाबाट ल्याउने तयारी गरेको छ । उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउनकोलागि  विभिन्न जिल्लाबाट भेडाच्यांग्रा र खसीबोका ल्याउन लागिएको संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए । ‘संस्थानका विभिन्न जिल्लामा भएका शाखा मार्फत उपत्यकामा ल्याउने व्यवस्था मिलाउछौं,’ कार्कीले भने, ‘बजारको मूल्य नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास लिएका छौं ।’

नेपालमा वार्षिक ३लाख ३४ हजार टन मासु उत्पादन हुने गरेको पशुपंक्षी विभागले जनाएको छ । मासु खपतदर बढ्दै गएपनि उत्पादन वृद्धि नहुँदा मासुमा परनिर्भर हुनुपरेको हो ।

माग बढ्ने भएपनि चाडवाडमा मासुको अभाब हुन नदिने व्यवसायीले बताएका छन् । दसैंतिहारकोलागि आवश्यक मासुको व्यवस्थापन गर्नकोलागि गाउँ—गाउँमा समेत संकलन भएको काठमाडौं चौपाया खरिब बिक्री सेवा संघका अध्यक्ष जीवनराज खतिवडाले बताए । ‘सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगर्दा विदेशबाट मासुजन्य पदार्थ विदेशबाट ल्याउनु परेको हो,’ खतिवडाले भने, ‘ग्रामीण क्षेत्रबाट ल्याउने खसीबोकालाई भेटेनरी प्रमाणपत्र लगायतका झन्झट हुँदा अप्ठ्यारो भएको छ ।’

मुग्लिन—नारायणगढ सडकको दुरावस्थाले काठमाडौंमा पशु ल्याउन समस्या भएको व्यवसायीले गुनासो छ । अप्ठ्यारो बाटोको कारण नारायणगढबाट काठमाडौंसम्म आइपुग्न १८÷२० घण्टा लाग्ने भएकाले त्यसको असर मूल्यमा पर्न सक्ने व्यवसायीले बताए ।

चाडपर्वमा उपभोक्तालाई स्वस्थ्य मासु खुवानको लागि पशु विभाग अन्तरगतका पशु क्वारेन्टाइनले समेत निगरानी बढाएका छन् । ‘उपत्यका प्रवेश गर्ने नागढुंगा लगायतका नाकामा पशु चिकित्सक राखेर जाँच गरिएको छ,’ पशु स्वारेन्टाइन काठमाडौंका प्रमुख परशुराम भुसालले भने, ‘रोगी पशुलाई भित्रिन नदिने योजना हो ।’ मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले भारतबाट प्रवेश गर्ने सीमा क्षेत्रका क्वारेनटाइनमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । मासुकोलागि प्रयोग हुने पशुलाई जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाकोको पशु सेवा कार्यालयले समेत स्वास्थ्य जाँच गरी प्रमाण पत्र लिनुपर्छ ।

चाडबाडको बेलामा गुणस्तहिन मासु लगायतका वस्तुको बिक्री वितरणलाइ निरुत्साहित गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन गरेर परिचालन गरेको जनाएका छन् ।

प्रकाशित: ९ आश्विन २०७३ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App