८ वैशाख २०८१ शनिबार
समाज

चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

गोरखा - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। जिल्ला इन्चार्ज कुमालसँगै भातृसंस्था अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुसान्त सुवेदी र कार्यकर्ता जिवन क्षेत्रीलाई गोरखा सदरमुकामको हरमटारी चोकबाट पक्राउ गरिएको हो।

संविधान बिरोधी गतिविधी गर्न सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी बिमल बस्नेतले बताए। गोरखा सदरमुकामको मुख्य बजारमा चन्द नेतृत्वको नेता कार्यकर्ता देखेपछि केही घटना घटाउन सक्ने आशंकामा प्रशासनले उनीहरुलार्इ नियन्त्रणमा लिएको जनाएको छ। यस अघि समेत प्रहरीले जिल्ला इन्चार्ज कुमाललाई पक्राउ गरेको थियो। 

प्रकाशित: ३ मंसिर २०७५ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App