८ वैशाख २०८१ शनिबार
समाज

'चर्पी-हाम्रो प्राकृतिक आवश्यकता'

काठमाडौं- शौचालय सभ्यताको नमुना पनि हो। चर्पी प्रयोगले मानिसको स्वास्थ्यमा समेत प्रभाव पार्ने गर्छ। एक अध्ययनले चर्पी प्रयोग गर्दा ५ वर्ष मुनिका एक तिहाई बालबालिकालाई झाडापखलाबाट हुने मृत्युबाट बचाउन सकिने समेत देखाएको छ।

आज विश्व चर्पी दिवस मनाइदै छ। यो वर्ष 'चर्पी हाम्रो प्राकृतिक आवश्यकता' भन्ने नाराका साथ यो दिवश मनाउन लागिएको हो। मानिसलाइ चर्पी वासस्थान जत्तिकै महत्व राख्ने विषय हो। २०६७ साल सम्म नेपालमा ५ घर मध्ये २ घरमा मात्र चर्पी भएको खानेपानी मन्त्रालयको तथ्याङकमा छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ सय घर मध्ये ९८ घरमा चर्पी निर्माण भएका छन्। विद्यालय र स्वास्थ्य संस्थाहरुमा ५ मध्ये ४ वटामा मात्र चर्पी भएको तथ्याङकले देखाएको छ।

सन् २०३० सम्ममा सबैको लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्न पनि यस वर्षको नारालाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न आवश्यक रहेको खानेपानी मन्त्री बिना मगरले बताएकी छन्।

विगत ५ वर्षको अवधिलाई हेर्दा नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा झाडापखालाके प्रकोप १४ प्रतिशतबाट झरेर ८ प्रतिशतमा आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App