८ वैशाख २०८१ शनिबार
समाज

धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी घाइते, सवारी साधनमा तोडफोड

धादिङ/गोरखा – धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ। एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ।

आइतबार राती १ बजेतिर धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुदाँ प्रहरी घाइते भएका छन्। ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका प्रहरी घाइते भएका हुन्। धादिङका असई विनयकुमार पाण्डे घाइते भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए। पण्डेको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको महात्तोले बताए।

धादिङ र गोरखाबाट १० जनाको संख्यामा प्रहरी मेलाको सुरक्षाको लागि खटिइउको धादिङ प्रहरीले जानकारी दिएको छ। झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकलमाथी तोडफोड भएको छ। गोरखातर्फको दुई वटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको ज्वालामुखी गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण काप्रीले जानकारी दिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App