७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागि हुँदै

काठमाडौं – लामो समयदेखि अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा सहभागि हुन नसकेका   प्रधानमन्त्री केपी शर्मा ओली आजबाट सहभागि हुने भएका छन्।

प्रधानमन्त्री ओली सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालका पुत्र स्वर्गिय प्रकाश दाहालको वार्षिक पुन्य तिथिको कार्यक्रममा सहभागि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली दाहाल निवास खुमलटारमा दश बजे हुने पुन्य तिथि समारोहमा सरिक हुने बताइएको छ।

दशैंको छेकोमा राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका कार्यक्रममा मात्र देखिएका ओली त्यसपछि विरामी भएका थिए। उनी पाँच दिनसम्म त्रिवि शिक्षण अस्पतालमा उपचार गरेर फर्केपछि बालुवाटारमा आयोजित तिहारका सिमित कार्यक्रममा देखिनु बाहेक निवासबाट बाहिर निस्केका थिएनन्। ओलीले मन्त्रीपरिषदका बैठक पनि बालुवाटारमै गराउँदै आएका थिए।

प्रकाशित: ३ मंसिर २०७५ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App