१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् । शंखधर दिवसको उपलक्ष्यमा आइतबार भएको सांस्कृतिक भिंतुना ¥यालीको शुभारम्भ गर्दै उनले भने, ‘नेपाल संवत्लाई देशभर पु-याउनु अहिलेको आवश्यकता र चुनौती हो । यो नेपालको संवत् हो । यसले नेपाल चिनाउँछ भन्ने कुरा सुदूर पूर्व, सुदूर पश्चिमसम्म पु-याउनुपर्छ।’

नेपाल संवत्लाई नेपालभर फैलाउन सरकारले आवश्यक सहयोग गर्ने कुरा उल्लेख गर्दै उनले भने, ‘नेपाल संवत्लाई सीमित दायरमा होइन, नेपालभर फैलाउन यो अभियानमा लागेकाहरूलाई सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको छ।’

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको मूर्तिमा फूलमाला लगाई उपप्रधानमन्त्री पोखरेलले -यालीको शुभारम्भ गरेका थिए । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आह्वानमा वसन्तपुरको महादेव पार्वती डबलीबाट सुरु भएको सांस्कृतिक ¥याली प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, असन, इन्द्रचोक, नयाँसतक, लगन, ब्रह्मटोल, ह्युमत, कोहिती, भिमसेनस्थान, परोपकार हुँदै चागलको लखतीर्थमा पुगी समापन गरिएको थियो । काठमाडौंका व्यापारी शंखधर साख्वाःले विष्णुमती नदीको लखतीर्थबाट ल्याइएको बालुवामा सुन भेटाएपछि त्यसै सुनले देशका जनता सबैको ऋणमुक्त गरी नेपाल संवत् चलाइएको कथन छ।

वि.सं. २०५६ को कात्तिक शुक्ल दशमीमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । यही दिनलाई शंखधर दिवसको रूपमा मनाइन्छ।

नेपाल संवत् न्हूदँ (नववर्ष)को अवसरमा हुने भिंतुना सांस्कृतिक -याली यसवर्ष न्हूदँको दिन नभएपछि शंखधर दिवसको दिन ¥याली निकालिएको थियो । नेपाल संवत् आन्दोलनका प्रणेता, मानव अधिकारवादी नेता पद्मरत्नको निधनले गर्दा नेपाल संवत् ११३९ न्हूदँको -याली स्थगित गरिएको थियो । न्हूदँको उपलक्ष्यमा समारोह समितिको आयोजनामा आगामी मंसिर ८ गते काठमाडौंको थहितीमा पुस्तक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App