६ वैशाख २०८१ बिहीबार
राजनीति

अवकाश पाएको डेढ वर्षपछि पनि सरकारी क्वाटरमै

काठमाडौं – कर्मचारी नेताहरूले सरकारी साधन, स्रोतको दुरूपयोग गर्ने क्रम तीव्र छ । यहाँसम्म कि बहालवाला कर्मचारीका लागि उपलब्ध गराइएको सरकारी क्वाटरमा समेत पूर्वकर्मचारी नेता नेताहरूले रजाँई गर्ने गरेका छन्।

यस्तै छ, मिनभवनस्थित केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सरकारी क्वाटरमा । सो क्वाटर सहकारीसम्बन्धी तालिममा सहभागी भएकालाई आवास सुविधा उपलब्ध गराउन बनाइएको हो । तर सो क्वाटरलाई भने कर्मचारी नेताहरूले चरम दुरूपयोग गर्ने गरेका छन्।

तत्काली माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तथा राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष दयाराम बस्यालले अवकाश भएको डेढ वर्षपछिसम्म पनि सहकारीको क्वाटर छाडेका छैनन् । उनी २०७४ भदौमा रिटाएर भएका थिए तर अहिले पनि उनले सो क्वाटर प्रयोग गरिरहेका छन् । ‘सहकारी प्रशिक्षण केन्द्र व्यवस्थापनले अवकाश भएपछि क्वाटर छाढ्न बस्याललाई पटकपटक तोकता गरेको छ तर बस्यालले भने मानेका छैनन्,’ सहकारी स्रोतले भन्यो।

अवबाश भए पनि सहकारीको क्वाटर प्रयोग गरिरहेको उनले स्वीकारे । उनले भने, ‘म धेरैजसो जिल्लामै बस्छु । काठमाडौं आएका बेला क्वाटरमा बस्ने गरेकोछु ।’ अब तत्काल सहकारीको क्वाटर छाड्ने पनि उनले दाबी गरे । उनले भने, ‘अब तत्काल क्वाटर छाड्छु । काठमाडौं जानेबित्तिकै अन्य ठाउँ सर्छु ।’ नायब सुब्बाबाट उनी अवकाश भएका थिए । सेवामा रहँदा उनी करिब ७ वर्ष राष्ट्रिय कर्मचारी संगठनको अध्यक्ष थिए । नायब सुब्बाबाट अवकाश पाए पनि अहिले पनि उनी कर्मचारी पेशागत कर्मचारी महासंघको अध्यक्ष छन्।

राष्ट्रिय कर्मचारी महासंघ पेशागत कर्मचारी संगठन भएकाले अवकाशपछि पनि पेशागत कर्मचारी महासंघको अध्यक्ष पदमा आफू कायम रहेको उनले बताए । उनले भने, ‘राष्ट्रिय कर्मचारी संगठनमा भने छैन ।’ स्रोतका अनुसार बस्यालले प्रयोग गरेको क्वाटर सहकारी प्रशिक्ष्ण केन्द्रको गेष्ट हाउस प्रकृतिको क्वाटर हो । स्रोतल भन्यो, ‘सहकारी प्रशिक्षण प्रतिष्ठानमा बहालवाल कर्मचारीका लागि क्वाटरहरू पनि छन् । बस्यालले प्रयोग गरेको कोठा गेष्ट हाउस प्रकृतिको हो । जुन तालिममा सहभागी भएकाहरूका लागि आवास सुविधा उपलब्ध गराउन बनाइएको हो।’

प्रकाशित: ३ मंसिर २०७५ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App