coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बाल नाटक महोत्सवलाई स्कृप्ट आव्हान

काठमाडौं – बालबालिकालाई रंगमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने उद्देश्यले शैली थिएटरले दशौं संस्करणको ‘राष्ट्रिय बाल नाटक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । बालबालिकाका विषयबस्तुमा केन्द्रित महोत्सवका लागि थिएटरले व्यक्ति, संस्था, स्कुल र नाटक समूहलाई मंसिर २९ गते भित्र आलेख (स्कृप्ट) बुझाउन आव्हान गरेको छ।

शैलीका महोत्सव संयोजक आर्यन न्यौपानेले प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिकालाई उत्साहित बनाउन पुरस्कारको विधा पनि छुट्याएको बताए । ‘छनौट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अवधिमा विज्ञहरूको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्यांकन गरी ६ वटा पुरस्कारहरू दिइनेछ,’न्यौपानेले भने,‘महोत्सवमा दुई जनालाई जनही १० हजार राशिसहितको ‘उत्कृष्ट अभिनय पुरस्कार’ तथा एक–एकलाई ७ हजार रुपैंयाँ राशिको ‘उत्कृष्ट निर्देशन पुरस्कार’ र ‘उत्कृष्ट नाटक पुरस्कार’ दिइनेछ । यसबाहेक दुईजनालाई जनही ५ हजार रुपैंयाँ राशिको ‘प्रोत्साहन पुरस्कार’ र ‘पव्लिक च्वाइस् पुरस्कार’ दिइनेछ।’

थिएटरका अध्यक्ष नवराज बुढाथोकीले स्कृप्टको लागि मापदण्ड तोकेको खुलाए । ‘बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकाले नाटक बालबालिकासँग जोडिएको हुनुपर्नेछ । नाटकले बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन,’उनले भने,‘राष्ट्रिय अखण्डतामा आँच पुर्याउने तथा राज्यको नीतिनियम विपरितको स्कृप्ट स्वीकार्य हुने छैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्नेछ र नाटक ७० मिनेटभन्दा लामो हुनु हुँदैन।’

थिएटरका प्रशिक्षक एवम् रंगकर्मी सहिन प्रजापतीले महोत्सवमा सहभागी उत्कृष्ट १० कलाकारलाई अभिनय तालिमको शुल्कमा छुट तथा निःशुल्क तालिमको व्यवस्था गर्ने बताए । आयोजकका अनुसार माघ महिनाको दोस्रो हप्ता मन्चन हुने नाटकहरूको सूची पुस २ गते सार्वजनिक गरिनेछ।

प्रकाशित: २ मंसिर २०७५ २३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App