८ वैशाख २०८१ शनिबार
कला

इतिहासकार मल्लको निधन

काठमाडौं – इतिहासकार तथा लेखक डा. कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । १५ वर्षदेखि अमेरिकामा नै बस्दै आएका मल्ल लामो समय नशा सम्बन्धी पार्किङसन्स रोगबाट पीडित थिए।

अंग्रेजी विषयमा लामो समया प्राध्यापन गराएका मल्ल एक समय त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभाग प्रमुख पनि थिए । त्रिविको शिक्षाध्यक्षसमेत भएका उनका अंग्रेजी र नेपाल भाषाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

इतिहासकार धनबज्र बज्राचार्यसँग मिलेर गोपालराज वंशावली प्रकाशन गरेका उनले नेवारी शब्दकोषको पनि सम्पादन गरेका थिए । ‘रोड टु नोहोयर’ कृतिका लेखक उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको मंगलबार अमेरिकामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।   (रासस)

प्रकाशित: २ मंसिर २०७५ २३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App