एघार महिनामा १५ बालिका बलात्कृत

आइतबार, ०२ मङि्सर २०७५, २० : ४९ नागरिक संवाददाता

इलाम– जिल्लामा ११ महिनाको अवधिमा १५ बालिका बलात्कारको शिकार भएका छन्। तीमध्ये केही बालिका गर्भवतीसमेत भएर पीडित बनेको पाइएको छ। 

गएको अंग्रेजी महिना जनवरीदेखि नोभेम्बरको अहिलेसम्म २३ महिला बलात्कृत भएकामा बालिकाको संख्या धेरै भएको हो। प्रत्येक वर्षको आँकडा हेर्दा २ वर्षदेखि संख्यात्मक रूपले बलात्कारपीडितको संख्या घटेपनि गम्भीरता चाहिँ बढेको पाइएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा बलात्कारबाट पीडित बालिकाको अवस्था ‘अस्वभाविक’ छ। इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले भनिन्, ‘बालिकाहरू परिवारबाटै पटक–पटक बलात्कृत र गर्भवतीसमेत हुने घटनाको अवस्था कहालीलाग्दो छ।’

‘मानवअधिकार वर्षपुस्तक २०१९’ मा समेटिने वर्षभरका मानवअधिकार उल्लंघनसम्बन्धी घटना सार्वजनिक गर्दै इन्सेकले आर्थिक रूपले पछाडि परेको समुदायका बालिका बलात्कारको शिकार हुने जनाएको छ। इन्सेकको प्रतिवेदनमा भनिएको छ– ५ देखि ७० वर्षसम्मका महिला यो अवधिमा बलात्कारबाट पीडित भएका छन्। सन् २०१७ मा जिल्लामा बलात्कारका ३२ घटना हुँदा २२ बालिका पीडित थिए। सन् २०१६ मा २७, २०१५ मा २१ र २०१४ मा बालिका बलात्कारका ११ घटना भएको इन्सेकको तथ्यांक छ।

जिल्लामा कतिपय बालबालिका अझै पनि जन्मदर्ता गराउनबाट वञ्चित भएको, वैदेशिक रोजगारीका कारण पति–पत्नीको सम्बन्ध बिग्रिँदा अदालतसम्म पुगेर सम्बन्धबिच्छेद भएकोजस्ता घटना यो अवधिमा भएको इन्सेकले जनाएको छ। तथ्यांकअनुसार सन् २०१८ मा बहुविवाहका ४, घरेलु हिंसाका १८, आत्महत्याका ८२, कुटपिटका ५, हत्याका २ र मानव बेचबिखनका ५ घटना भएका थिए। 

त्यस अवसरमा मानवअधिकार मञ्चले जिल्लाको समग्र मानवअधिकार स्थितिबारे जानकारी गराएको थियो। मञ्चका योगराज सापकोटाले बालिका बलात्कार र जघन्य अपराध घर–परिवारबाटै हुने गरेको, स्थानीय तहले दिने सेवा–सुविधा अझै सहज नभएकोजस्ता विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख र प्रतिनिधिलगायतको सहभागिता थियो।







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad