८ वैशाख २०८१ शनिबार
समाज

बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेलमा

खोटाङ - बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेल चलान भएका छन्। बहुविवाह मुद्दामा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ १ वर्षका लागि कारागार चलान भएका हुन्। बहुविवाह मुद्दामा तामाङलाई जिल्ला अदालत खोटाङले २०७१ साल भदौ १६ गते १ वर्ष कैद तथा १० हजार जरिवाना हुने फैसला सुनाएको थियो।

कात्तिक २९ गते पक्राउ परेका तामाङलाई आइतबार अदालतमा पेश गरिएकामा कैद भुक्तानका लागि आइतबार नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। 

 

प्रकाशित: २ मंसिर २०७५ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App