७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली भूकम्प पीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौं - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्प पीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ।

झुटो विवरण पेश गरेर भूकम्प पीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारीे दिए। प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ। अन्यथा अनुदान लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ। झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: २ मंसिर २०७५ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App