coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एउटै मालामा तीन नेता

तस्बिर : चुमन/नागरिक

विराटनगर - कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन्। आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

विराटनगर स्थित ऐतिहासिक कोइराला निवास परिसरमा रहेको जिपी फाउण्डेशनको प्राङ्गणमा आयोजित कार्यक्रममा पुर्खाको विरासत सम्हाल्न आफूहरू एक जुट भएर अघि बढ्ने उनीहरुले बताए। एकता, राजनीतिक निकास र पार्टीका हितका लागि आफूहरू व्यक्तिगत स्वार्थ त्याग गर्न पनि तयार रहेको महामन्त्री डा शशांक कोइरालाले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टी सभापति जोसुकै भए पनि राष्ट्र, जनता र पार्टीको हितका लागि आफूहरू त्याग गर्न तयार रहेको स्पष्ट पारे।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले 'कोइराला परिवारका तीन नेता तीनतिर' भन्ने भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे। कोइरालाले आफूहरू कहिलै पनि विभाजित नभएको दाबी पनि गरे। एेतिहासिक भूमिमा तीनै जनाले एउटै माला लगाएपछि अब सबै भ्रमहरू अन्त्य भएको उनीहरुले बताए।

महामन्त्री कोइरालाले भने "सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व आए कोइराला परिवार त्याग गर्न तयार छ।" उनले पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्छ भन्ने नभई कांग्रेसका जोसुकै नेता पनि बन्न सक्ने स्पष्ट पारे। उनले कांग्रेसलाई युवाहरूको पार्टीका रुपमा स्थापित गर्न युवाहरूलाई पार्टीमा आकर्षण गर्न जरुरी रहेको बताए। युवालाई पार्टीमा आकर्षण गर्न महिलालाई जस्तै आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उनले राखे। उनले कांग्रेसको युवाहरूलाई पार्टीमा आकर्षण गर्न आरक्षणसहितको योजना ल्याउन आवश्यक रहेको बताए।  

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले 'कोइराला परिवारका तीन नेता तीनतिर' भन्ने भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे। कोइरालाले आफूहरू कहिलै पनि विभाजित नभएको दाबी पनि गरे। एेतिहासिक भूमिमा तीनै जनाले एउटै माला लगाएपछि अब सबै भ्रमहरू अन्त्य भएको उनीहरुले बताए। कोइरालाले भने "हामीहरू पहिले पनि एक थियौं, अहिले पनि एक छौं र भविश्यमा पनि एक रहनेछौं।"

सुजाता कोइराला अध्यक्ष रहेको  जिपी फाउण्डेशनले तीनै जना कोइराला परिवारका नेताहरूलाई एउटै माला लगाइदिएको थियो। कोइराला परिवारका तीन नेता धेरै वर्षपछि एउटै मञ्चमा सहभागि भएका थिए। पुर्खाको सपना साकार पार्न कोइराला परिवारका तीनै जना नेता एक भएर अघि बढ्ने पनि डा कोइरालाले स्पष्ट पारे। नेपाली कांग्रेसको आगामि नेतृत्वका लागि कोइराला परिवारबाट माहामन्त्री डा शशांक कोइराला र डा शेखर कोइरालाले दाबी गर्दै आएका छन्। कोइराला परिवारबाट एक जनामात्रै महाधिवेशनमा उठाएर कांग्रेसको नेतृत्वमा पुनः आउन दुवैलाई मिलाउन कांग्रेस नेतृ सुजाता कोइरालाले प्रयत्न गरिरहेकी छिन्। उनकै पहलमा आइतबार विराटनगरमा तीनैजना कोइराला परिवारका नेताहरू एउटै मञ्चमा उपस्थित भएका थिए। 

प्रकाशित: २ मंसिर २०७५ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App