coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार पूर्ण रुपमा असफल : नेता सिंह

कपिलवस्तु– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्।

कांग्रेस कपिलवस्तुद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘न शान्ति सुरक्षा प्रदान गर्न सकेको छ, नत जनजीविकाको सवालमा केही गर्न सकेको छ।’ सरकारका गतिविधि राजनीतिक अस्थिरता बढाउन र संघीयता असफल बढाउन उद्दत रहेको उनको आरोप छ। 

फरक प्रसंगमा बोल्दै पार्टीभित्र पनि सरकारलाई बहुमतको दम्भ भएजस्तै बहुमतको अहंमता रहेको उनले जिकिर गरे। आफू कोही कसैको बिरोधमा नलागेको तर पार्टी गतिविधि विधिविधान अनुरुप चलेन भन्दा प्रकाशमान सिंहले मेरो बिरोध ग-यो भनेर बुझ्ने बानी पार्टी सभापतिलाई पर्न थालेकोले पार्टीभित्र आफूले उठाएका कार्यकर्ताले दिएका सुझाव राख्दा पार्टीले सहि रुपमा बुझ्न नसक्नु बिडम्बना भएको उनको गुनासो छ। 

प्रकाशित: २ मंसिर २०७५ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App