१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बोक्सी आरोपमा ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट

धादिङ- बोक्सीको आरोपमा धादिङमा वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट भएको हो। मलमुत्र तथा गाईबस्तुको गोबर खुवाई निर्घात कुटपिट गरिएको हो।

गत कात्तिक २८ गते बेलुकी ७ बजेतिर एक पुरुष काम्ने, बर्बराउने गर्न थालेपछि झाँक्रीलाई बोलाएका थिए। झाँक्रीले बोक्सी लागेको भनेपछि नजिकै रहेको वृद्धालाई चारै जना भएर कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि महिला घाईते भएकी छन्। उनको अनुहार तथा शरीरमा निलडाम भएको छ भने चोटपटक पनि लागेको छ। उनको काठमाडौँको स्टार अस्पतालमा उपचार भइरहेको छ।

घटना थाहा पाएपछि प्रहरीले कात्तिक २९ गते चारजनालाई पक्राउ गरि कात्तिक ३० गते प्रहरीमा मुद्दा दर्ता गरिएको थियो। प्रक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ४ बस्ने ६२ वर्षीय खोलबहादुर मगर, ५५ वर्षीय यमबहादुर थापा मगर, ४५ वर्षीय हर्कबहादुर थापा मगर र ३५ वर्षीय धनबहादुर मगर रहेका छन्। बोक्सीको आरोपमा कुटपिट गरेको ठहर भएका ५ वर्षसम्म कैद र पचास हजार जरिवाना हुने प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

 

प्रकाशित: २ मंसिर २०७५ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App