coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकले किच्दा २ जनाको मृत्यु

तस्बिरः नागरिक

मकवानपुर – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो।

विरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिदा हेटौंडा बजार आउँदै गरेको मोटरसाइकल र अटोलाई थिचेको थियो। ना १ ह ८९५९ नम्बरको अटोको यात्रु र ना ४६ प ६२१ नम्बरको मोटरसाइकल चालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा ४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ।

साँघुरो सडकको कारण ट्रक दुर्घटना हुँदा अटो र मोटरसाइकलमा सवारले ज्यान जोगाउन नसकेको प्रत्यक्षदर्शीले बताए। इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक अनोज रायमाझीले एउटै दिशातर्फ रहेका ट्रकले साईड दिने क्रममा अनियन्त्रित भइ ट्रक पल्टीदा दुर्घटना भएको बताए।

प्रकाशित: २ मंसिर २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App