७ वैशाख २०८१ शुक्रबार
समाज

चन्दननाथमा आगजनी, गुठिचौरमा तोडफोड

चन्दननाथ नगरपालिकाको जलेको गाडी। तस्बिरः डिबी/नागरिक

जुम्ला – जुम्लाका दुई स्थानीय तहमा एकै रातमा आक्रमण भएको छ। चन्दननाथ नगरपालिकाको कम्पाउण्डभित्र पार्किङ गरिएको गाडीमा आगजनी गरिएकोमा गुठिचौर गाउँपालिकामा तोडफोड गरिएको हो।  अज्ञात समुहले स्थानीय तहमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

क १ झ १ नम्बरको गाडी राति एक बजेर १० मिनेटमा जलाइएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए। उनले भने,“गाडीमा एक्कासी आगजनी भएको खबर पुग्ने वित्तिकै मेरै नेतृत्वको प्रहरी टोली आगो नियन्त्रण गर्न घटनास्थल पुगेको थियो। नेपाली सेनाको टोली समेत आएपछि सहजै रुपमा आगो नियन्त्रणमा लिइएको हो।

समयमै आगजनीको खबर नपुगेको भएसँगै पार्किङमा राखिएको डोजर, टिप्परसँगै नगरपालिका कार्यालय आगोले जलेर भष्म हुने रहेछ, उनले थपे। चन्दननाथ नगरपालिकाका चौकीदार बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाउने वित्तिकै हल्लीखल्ली गरेको बताउँछन्। म मस्त निद्रामा थिए, ढोकामा ढक–ढक गरेको आवाज सुनियो, ढोका खोलेर हेर्दा गाडी जलिरहेको थियो।” 

चन्दननाथ नगरपालिकामा आगजनी भएर जलेको गाडीको मुल्य ४० लाख बराबरको हुन सक्ने निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जानकारी दि । उनले भने,“आगो कसले, किन र कसरी लगायो भन्ने विषयमा नगरपालिका नै अन्यौलमा छ।” सदरमुकाम खलंगा भित्रैको स्थानीय तहमा आगजनीका क्रियाकलाप भइरहदा आगामी दिनमा सुरक्षाको अनुभूति गर्न कठिन भइरहेको कर्मचारी बताउँछन्। चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल भारत भ्रमणमा छिन्।  प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई रारा भ्रमणमा निस्केका छन्। मेयर र प्रमुख प्रशासकिय अधिकृत नभएको बेला चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी भएको हो।

जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएको छ। कार्यालय भित्र रहेका महत्वपुर्ण र महंगा सामान तोडफोड गरेर नष्ट भएको  प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए। तोडफोड पछिको अवस्था हेर्दा गाउँपालिका कार्यालयमा आगजनीको प्रयास भएको देखिन्छ, उनले भने,“गाउँपालिका केहि कागजपत्र जलेर पनि निभेका छन्। यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर यत्रतत्र छरिएका छन्।   

दुवै स्थानीय तहमा पुगेर प्रहरी प्रमुख सिताराम रिजाल नेतृत्वको टोलीले घटनाको मुचुल्का उठाइसकेको छ। शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए।  अनुसन्धान जारी छ, अज्ञात समुहको खोजी भइरहेको छ, उनले भने,“एकै रातमा दुई स्थानीय तहमा आक्रमण गर्नु सुनियोजित हो। तर यो घटनाका वारेमा कसैले जिम्मेवारी लिएका छैनन।

प्रकाशित: २ मंसिर २०७५ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App