coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल विदेशी सैनिकको परेड स्थल बन्दै : गुरुङ

फाइल तस्बिर

भक्तपुर - नेकपाका प्रमुख सचेतक देब गुरुङले नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन्।

रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरमा परिरहेको बताए। नेपालमा स्थिरता कायम गर्न नसके नेपाल विदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्तानको मोडेल बन्ने बताए।

उनले नेपालको भूमि दुरुपयोग गरी एक चीन नीतिमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा विदेशीहरु लागीरहेको बताए। जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको उनले बताए। सबै बिषयलाई मध्ये नजर गर्दै सरकारले तिव्ररुपमा काम गरिरहेको उनको भनाई छ।

संघीयता कार्यान्वयन गर्ने बिषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै गुरुङले संक्रमण अवस्था जारी नै रहेकाले सिस्टमा रुपमान्तरण गर्दै जानुको बिकल्प नभएको बताए। देशमा बहुदलीय प्रणाली रहेको भनिएता पनि देश दुई दलीय प्रणाली तर्फ जान लागेकोले कम्युनिष्टहरु एक भएर जानुको बिकल्प नरहेको उनले बताए।

 

प्रकाशित: २ मंसिर २०७५ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App