४ वैशाख २०८१ मंगलबार
समाज

मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमिमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। राजमार्ग अन्तर्गत क्षयरोग अस्पताल नजिकै शनिबार राति भएको दुर्घटनामा परी काभ्रे बनेपा नगरपालिका ४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँका २८ वर्षीय टार्जन श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बा २ क ३९३५ नं. को टिपर र सो भन्दा पछाडि बा २ ख १६५४ नं. मिनी ट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नं. को काभ्रे काठमाडौं नगर बसले पछाडिबाट ठक्कर दिँदा मिनी ट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किन गएर दुर्घटना भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। 

दुर्घटनामा मिनी ट्रक चालक राजेन्द्र र सहचालक टार्जनको मृत्यु भएको परिसरले जनाएको छ। दुवै जनाको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ। 

प्रकाशित: २ मंसिर २०७५ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App