बोक्सीको आरोपमा वृद्धामाथि कुटपिट

आइतबार, ०२ मङि्सर २०७५, १३ : २८ सरिता श्रेष्ठ

धादिङ - बोक्सीको आरोपमा धादिङमा एक वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट गरिएको हो। उनलार्इ मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको हो। 

गत कात्तिक २८ गते बेलुकी ७ बजेतिर एक महिला काम्ने अनि बर्बराउन थालेपछि झाँक्रीलाई देखाइएको थियो। झाँक्रीले बोक्सी लागेको भनेपछि स्थानीय र तीन जना झाँक्री नै भएर उनीमाथी कुटपिट गरिएकाे प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि महिला घाईते भएकी छन्। उनको अनुहार तथा शरीरमा चोटपटक लागेको छ। उनको काठमाडौँमा उपचार भइरहेको छ।

घटना भएकाे थाहा पाएपछि प्रहरीले भोलिपल्ट नै चारजनालाई पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ४ बस्ने ६२ वर्षीय खोलबहादुर मगर, ५५ वर्षीय यमबहादुर थापा मगर, ४५ वर्षीय हर्कबहादुर थापा मगर र ३५ वर्षीय धनबहादुर मगर रहेका छन्। बोक्सीको आरोपमा कुटपिट गरेको ठहर भएका ५ वर्षसम्म कैद र पचास हजार जरिवाना हुने प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

Ncell Footer Ad