coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माइक्रोबस चालक–सहचालकलाई ड्रेस अनिवार्य

काठमाडौं – काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबस चालक र सहचालकलाई शनिबारदेखि ड्रेसकोड अनिवार्य गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम बनाएपछि चालक र सहचालकले शनिबारदेखि ड्रेसकोड लगाएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले शनिबार काठमाडौंको सुन्धरामा माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरी ड्रेसकोड अनिवार्य गरेका हुन । ड्रेसकोडमा चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट प्रयोगमा ल्याइएको छ । एक सातासम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारबाही गरिने एसएसपी पन्तले जानकारी गराए।

यसअघि काठमाडौ उपत्याकमा सञ्चालन हुने ट्याक्सीलाई पनि चम्कीलो रंगको ज्याकेट ड्रेसकोड अनिवार्य गरिएको थियो । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेट लगाउनाले एकरुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गरे । यसले अनुशासित पनि बनाउने उनले बताए । ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत ड्रेस कोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माइक्रोबसका चालकको ड्रेसकोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भइरहेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App