coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘भिलेन’को ‘च्यानाकुटी झ्याई’

काठमाडौं – आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भिलेन’को गीत ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर, एकनारायण भण्डारीको शब्द र लालकुमार बरालको संगीत छ।

शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीले फिचरिङ गरेको गीतमा दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठको कोरियोग्राफी छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्ममा निखिल उप्रेती प्रमुख भूमिकामा छन्।

कपिल खत्री र बलबहादुर श्रेष्ठले निर्माण गरेको फिल्ममा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबुल गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व तथा मदनकश्यप घिमिरे र सौरभ लामाको छायांकन छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App