coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रत्नजित लगातार सातौं पटक च्याम्पियन

च्याम्पियनद्वय नङ्सल र रत्नजित ट्रफिका साथ । तस्बिर सौजन्य : राखेप

काठमाडौं – आर्मीका रत्नजित तामाङ लगातार सातौँ पटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा च्याम्पियन भएका छन् । आर्मीका रत्नजित शनिबार त्रिपुरेश्वरमा भएको आठौँ संस्करणको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) का दीपेश धामीमाथि सोझो सेटमा जित निकाल्दै लगातार सातौँ पटक च्याम्पियन हुन सफल भए।

यस प्रतियोगिताको पहिलो संस्करणमा विकास श्रेष्ठ च्याम्पियन भएपछि भने रत्नजितले वर्चस्व कायम राख्दै आएका छन् । रत्नजितले फाइनलमा दीपेशमाथि २१–११ र २१–१६ को सहज जित निकालेका थिए । रत्नजितले पहिलो सेट सहजै जितेका थिए । दोस्रो सेटमा दीपेशले १६–१२ को अग्रता जोगाउन सकेनन् । ४ स्कोरले पछि परेका रत्नजितले लगातार ९ स्कोर बटुल्दै रोमाञ्चक जित निकाले। 

रत्नजितले ५० हजार र दीपेशले नगद २० हजारसहित ट्रफी प्राप्त गरे । संयुक्त रूपमा तेस्रो भएका आर्मी नवीन श्रेष्ठ र रुकेश महर्जनले नगद १०–१० हजार रुपियाँ हात पारे । महिला एकलतर्फ पनि रत्नजितकै दिदी आर्मीकी नङ्सलदेवी च्याम्पियन भइन् । नङ्सलले फाइनलमा आर्मीकै रसिला महर्जनको चुनौती २–१ ले समाप्त गरिन्।

नङ्सलले फाइनलमा रसिलामाथि २२–२०, १५,–२१ र २१–१८ को संघर्षपूर्ण जित निकालिन् । उनले ५० हजार र रसिलाले २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गरे । संयुक्त तेस्रो भएका एपिएफका शोभा गौचन र जेसिका गुरुङले १०–१० हजार प्राप्त गरे । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलमा पनि रत्नजित र नवीन श्रेष्ठको जोडी च्याम्पियन भए।

यस प्रतियोगिताको पहिलो संस्करणमा विकास श्रेष्ठ च्याम्पियन भएपछि भने रत्नजितले वर्चस्व कायम राख्दै आएका छन्।

रत्नजित र नवीनको जोडीले फाइनलमा एपिएफका दीपेश र विजित थापामगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को संघर्षपूर्ण जित निकाले । च्याम्पियनले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गरे । तेस्रो भएका आर्मीका महर्जन जोडी रुकेश र प्रफुल तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीले समान ५ हजार रुपियाँ प्राप्त गरे।

महिला युगलतर्फ एपिएफका पूजा श्रेष्ठ र जेसिका गुरुङ च्याम्पियन भए । पूजा र जेसिकाले आर्मीका नङ्सल र रसिलाको जोडीलाई २१–१३ र २१–१४ को सोझो सेटमा स्तब्ध बनाए । पूजा र जेसिकाले  २० हजार नगद प्राप्त गर्दा नङ्सल र रसिलाले १० हजारमा चित्त बुझाए । तेस्रो भएका जेष्ट ब्याडमिन्टनका सीता राई र सम्झना शर्मा  तथा आर्मीकै अमिता गिरि र अनुमाया राईको जोडीले ५–५ हजार प्राप्त गरे ।

यु–१७ ब्वाइजतर्फ दुबई जुनियर अन्तर्राष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहाल च्याम्पियन भए । प्रिन्सले फाइनलमा आर्मीका दिवस शंकरमाथि २१–१६ र २१–१५ को सहज जित निकाले । प्रिन्सले १५ हजार र दिवसले ७ हजार नगद प्राप्त गरे । संयुक्त तेस्रो भएका जेष्टका प्रियान्सुसिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५–५ हजार प्राप्त गरे।

यु–१७ गल्र्सतर्फ भने रसिला च्याम्पियन भइन् । रसिलाले फाइनलमा आर्मीकै रञ्जना भट्टराईमाथि २१–५ र २१–५ को सहज जित निकाल्दै प्रतियोगितामा दोस्रो उपाधि जितिन । रसिलाले १५ हजार र रञ्जनाले ७ हजार प्राप्त गरे । संयुक्त तेस्रो भएका मोरङका रोज पाण्डे र सीमा राजवंशीले नगद ५–५ हजारसहित ट्रफी प्राप्त गरे।

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुभास श्रेष्ठ र भूमि गुरुङको जोडीले बाजी मार्यो । सुभास र भूमिको जोडीले फाइनलमा जेष्टका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीमाथि १६–२१, २१–१६, २१–१६ को जित निकाल्यो । च्याम्पियनले २० हजार र उपविजेताले १० हजार प्राप्त गरे । संयुक्त तेस्रो भएका जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीले समान ५–५ हजार नगद प्राप्त गरे।

प्रकाशित: २ मंसिर २०७५ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App