७ वैशाख २०८१ शुक्रबार
खेल

प्रकाश स्मृति कप फुटबल

दोलखा र गोरखाबीच शनिबार भएको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : रमेश/नागरिक

दोलखा – तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहालको स्मृतिमा दोलखाको सदरमुकाम चरिकोटमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता आयोजना गरिएको छ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरे । उद्घाटन समारोहमा उनले खेलक्षेत्रको विकासले राष्ट्रिय एकता र अनुशासनलाई कसिलो बनाउन टेवा पुग्ने बताए।

तत्कालीन माओवादी केन्द्र निकटको एउटा गैरसरकारी संस्था रिनेजम नेपालको आयोजना र दोलखा जिल्ला फुटबल संघको सहआयोजनामा सुरु भएको खेलमा राष्ट्रिय स्तरका ‘ए’ डिभिजनसहित १२ टिम सहभागी रहेको फुटबल संघका जिल्ला अध्यक्ष गोविन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख २५ हजार, तेस्रो हुनेलाई ३० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

शनिबार दोलखा जिल्ला फुटबल संघ र ओसियन क्लब गोरखाबीच भएको उद्घाटन खेलमा टाइब्रेकरमा दोलखाले गोरखाविरुद्ध ५–४ को निकालेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App