coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

भारतको सहयोगमा तीन शैक्षिक संस्थाको निर्माण

पोखरा– भारतको सहयोगमा कास्कीमा तीन शैक्षिक संस्थाको निर्माण गरिएको छ। शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लेखनाथ नगरपालिकास्थित सरस्वती टिका उच्च माध्यमिक विद्यालयको उद्घाटन गरे। उद्घाटन समारोहमा भारतीय दूतावासका मिशन उप प्रमुख डा. अजय कुमार उपस्थित थिए। अजय कुमारले शनिवारै लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको उद्घाटन गरेका थिए।

सरस्वती उच्च मावि ३७.१० मिलियन नेपाली रुपैँया बराबरको भारतीय सहयोगमा निर्माण भएको हो। राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १० प्लस २ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ। कास्कीको प्रतिष्ठित उक्त विद्यालयले यहाँ अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। सो विद्यालयमा अध्ययनरत झण्डैै ११ सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन्। 

यस्तै, लक्ष्मी क्याम्पस नेरु ४८.४० मिलियन भारतीय सहयोगमा निर्माण भएको हो। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १० प्लस २ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्यापन गराइरहेको छ। यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन्। 

यस्तै, गुप्तेश्वर बहुमुखी क्याम्पस नेरु ४१.१० मिलियन बराबरको भारतीय सहयोगमा निर्माण भएको छ। यो पनि त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो। जसले बिएड, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ। सन् २०१८ को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ। यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन्। 

नवनिर्मित संरचनाहरु सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदिले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्ने विश्वास लिइएको छ।

प्रकाशित: १ मंसिर २०७५ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App